फुडमान्डुले पूरा गर्यो ११ वर्ष

पोखरा ।
नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमान्डुले ११ वर्ष पूरा गरेको छ । सन् २०१० नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काडमाडौं उपत्यका एवं पोखराका सैयौं रेस्टुरेन्टहरु आवद्ध छन् ।
ती रेस्टुरेन्टका परिकार कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत अर्डर गर्न सकिन्छ । साथै, उक्त कम्पनीले ग्रोसरी डेलिभरी सेवा गर्दै आएको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले ग्राहकको रुचि र माग अनुसार सेवालाई थप परिस्कृत गर्दै लैजाने प्रतिवद्धता गरे । उनले देशका थप प्रमुख सहरमा सेवा विस्तारको योजना सुनाए ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा ११ दिनसम्म हरेक दिन १ हजार १ सय ११ को आकर्षक कम्बो डिल तथा केही आवद्ध रेस्टुरेन्टको सकहार्यमा नौला परिकार ग्राहकसामु लगिरहेको कम्पनीका ब्रान्ड, मार्केटिड्ड तथा बजार व्यवस्थापक प्रमुख श्यामरत्न मालीले बताए ।
फुडमान्डले हाम्रो पात्रोसँग सहकार्य गरी उक्त एपमार्फत पनि सिधै फुडमान्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।







कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया