पोखरामा प्रधानमन्त्रीको देउवाको पुतला दहन
समाधान संवाददाता
२०७८ कार्तिक २५ गते १४:१७

पोखरा । नेकपा ९एमाले०को विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।
पृथ्वीनारायण क्याम्पस परिसरमा बिहीबार बिहान अनेरास्ववियुले पेट्रोलियम पदार्थको महँगीको विरोधमा प्रदर्शन गर्दै पुतला दहन गरेको हो । महँगीले जनता मारमा परेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन र पुतला दहन गरिएको संगठनका विद्यार्थीहरुले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया