कास्की प्रहरीकाे निसानामा लागुऔषध कारोबारी

सञ्जय रानाभाट २०७८ कार्तिक २५ गते २०:०८

सञ्जय रानाभाट

पोखरा ।

पोखरा ८ सिमलचौरबाट बुधबार प्रहरीले २ लागुऔषध कारोबारी महिलालाई प्रहरी पक्राउ गरेको छ । लमजुङ दोर्दी गाउँपालिका ७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका २ घर भएकी ३१ वर्षीय कोपिला अर्याल पक्राउ परेका हुन् । उनीहरु पोखरामा ९ नयाँबजारमा डेरा गरी सँगै बस्दै आएका थिए ।

Advertisement


उनीहरुको साथबाट डाइजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल, फेनेरागन ७२ एम्पुल गरी जम्मा २ सय १६ एम्पुल प्रहरीले फेला पारेको छ । उनीहरुलाई प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ ।


मंगलबार लेकसाइडबाट कोपिला अर्याल बुफ्रिनर्फिन ७०, डाईजापाम ७४ थान, फेनेरागन ७२ थान लागुऔषधसहित पक्राउ परिन् । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी तिलाहारमा प्रहरीले १७ गते समीर गुरुङ र नकुल सुनारलाई पक्राउ ग¥यो । उनीहरुको साथबाट प्रहरीले डाइजापाम २४ एम्पुल, फेनरागन २६ एम्पुल, बुप्रिनर्फिन २५ एम्पुल लागुऔषध सहित १ थान मोबाइल फेला पारेको हो ।

Advertisement


त्यसको २ दिनअघि गगनगौंडा पावरहाउसमा प्रहरीले सवारी साधन जाँच गरिरहेको थियो । त्यसक्रममा २२ वर्षीय गौरव बुढाले झोलामा लुकाई ल्याएको ३ सय ७८ एम्पुल लागुऔषधसहित मोबाइल र ४ हजार रुपैयाँ प्रहरीले बरामद ग¥यो । गगनगौंडामै साहिल पौडेलको साथबाट प्रहरीले २ सय २५ एम्पुल लागुऔषध १० गते समातेको थियो ।


कास्की प्रहरीले केही समययता यसरी नै लागुऔषध कारोबारी पक्राउ गरिरहेको छ । कात्तिकमा मात्र कास्की प्रहरीले २९ जनाविरुद्ध लागुऔषधसम्बन्धी २१ वटा मुद्दा दर्ता गराएको छ । कात्तिकभर प्रहरीले बुप्रिनफ्रिन ४ सय ४२ एम्पुल, डाइजापाम ४ सय ४३ फेनरागन, ४ सय ४४ एम्पुल, गाँजा १० केजी ५ सय ४८ ग्राम र ब्राउनसुगर १ ग्राम ६९ मिलिग्राम लागुऔषध बरामद गरेको छ ।


वैशाखदेखि जिल्ला प्रहरी कार्यालय कास्कीले १ सय ९१ जनाविरुद्ध लागुऔषध कारोबार सम्बन्धी १ सय २७ मुद्दा दर्ता गराएको एसपी रमेश थापा बताउँछन् । उनका अनुसार साउनयता १४९ जनाविरुद्ध लागुऔषधमा मुद्दा दर्ता भएको छ । थापा कास्की प्रहरीको नेतृत्व सम्हाल्न आएयता लागुऔषध कारोबार प्रहरीको तारोमा परेको छ । कतिपय ठाउँमा प्रहरीले तालिमयुक्त कुकुर परिचालन गरेर कारोबारी पक्राउ गरेको छ ।


स्रोतका अनुसार कारोबारीहरुले भरियामार्फत पोखरामा लागुऔषध भिœयाउँछन् । कपडा व्यापारीदेखि पेट्रोलियम पदार्थको गाडीमा लागुऔषध भित्र्याएको यसक्रममा प्रहरीले फेला पारेका उदाहरण पनि छन् । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्छन्, ‘प्रलोभनमा पारेर मानिसहरुलाई नाका कटाउन लगाइन्छ । केहीलाई धम्कीसमेत दिएर काम गराउँछन् ।’


दुव्र्यसनमा फस्नेहरु इन्डियन लाहुरे, बैंकका कर्मचारी, किशोरकिशोरी बढी रहेको ती इन्स्पेक्टरले सुनाए । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बुधबार ५३ जना थुनुवा थिए । तीमध्ये ३६ जना अर्थात ७१ प्रतिशत लागुऔषधका अभियुक्त थिए । त्यसमा महिला २५ प्रतिशत छन् ।
अभिभावकले छोराछोरीको रेखदेख राम्रोसँग नगर्दा, आवश्यकताभन्दा बढी खर्च छोराछोरीलाई दिँदा पनि लागुऔषध प्रयोगकर्ता बढेको ती इन्स्पेक्टर सुनाउँछन् । उनकै भनाइमा बढ्दो विलासी जीवन, निराशा, छोराछोरीको राम्रो हेरचाह नहुनु लगायत पनि लागुऔषध दुव्र्यसन बढ्नुका कारण हुन् । ‘मनोरञ्जनमा रामाउन पनि लागुऔषधको प्रयोग भाछ,’ उनले भने । कास्की प्रहरीले कतिपय नादान किशोरकिशोरी दुव्र्यसनीलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाउने गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा १८ वर्षभन्दा मुनिका लागुऔषध प्रयोगकर्ता १९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मूल सुक्यो, मूल्य बढ्यो
प्रहरीले धमाधम लागुऔषध कारोबारीलाई पक्रेको छ । भारतदेखि लुकाइछिपाई ल्याउनेहरु त्रसित भएका छन् । लागुऔषध आयातको मूल प्रहरीले सुकाइदिएपछि अझै पनि लुकीपिछी कारोबार गर्नेहरुले मूल्य बढाएका छन् । मूल्य बढेको एक प्रयोगकर्ता बताउँछन् । ‘केही समयअघि सजिलै पाइन्थ्यो । मूल्य पनि कम हुन्थ्यो । आजभोलि पाउनै मुस्किल छ । पाइहाल्यो भने पनि महँगो तिर्नुपर्छ,’ उनी सुनाउँछन् ।


प्रहरीले लागुऔषधका थुप्रै कारोबारी पक्रे पनि प्रयोगकर्ता घटेका छैनन् । बढी मूल्य तिरेर भएपनि किनिरहेका छन् । स्रोतका अनुसार २ महिनाअघिसम्म २ एमएमको सिसी ड्रग्सलाई १६ सय रुपैयाँ पथ्र्याे । पछिल्लो समय त्यसको भाउ २५ सय पुगेको छ । पोखराभित्रै पनि विजयपुर पश्चिमतिर महँगो छ भने लेखनाथतिर सस्तो छ । विजयपुर एरियामा भन्दा लेकसाइड, पृथ्वीचोक, महेन्द्रपुलमा बढी मूल्य पर्ने गरेको स्रोत बताउँछ ।


कास्की प्रहरी प्रशासनले विशेष टोली परिचालन गरेर सचेतनामूलक कार्यक्रम गर्दा समेत कारोबार रोकिएको छैन । लागुऔषधमध्ये पनि कास्कीमा गाँजाको कारोबार बढी हुन्छ । प्रहरीले केही समयअघि गाँजा फडानी गर्ने अभियानै चलाएको थियो । कास्कीमा ६८ ठाउँमा गाँजा फडानी गर्दासमेत कारोबार र प्रयोग गर्न रोकिएको छैन् । कास्कीमा प्रयोग हुने गाँजा ९० प्रतिशत बाहिरका जिल्लाबाट आउने प्रहरी तथ्यांकमा उल्लेख छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया