मुस्ताङका गणकलाई समस्या र चुनौति

मुस्ताङमा १० जना सुपरिवेक्षक र ३६ जना गणक संम्वन्धित स्थानमा खटिएका छन्

सुन्दरकुमार थकाली २०७८ कार्तिक २५ गते २३:१२

जोमसोम—भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङमा जनगणनामा खटिएका गणकहरु लाई नागरिकको वास्तबिक विवरण संकलन गर्नमा चुनौती कठिनाई पर्ने देखिएको छ । उपल्लो मुस्ताङी जाडो छल्न बेसी झरेको,भौगोलिक विकटता ,छरिएको बस्ती,मौसम प्रतिकुलताका कारण जनगणनाकार्यमा समस्या पर्ने देखिएको छ ।

Advertisement

केन्द्रिय तथ्यांक विभागले आज कार्तिक २५ गतेदेखि देशभर एकसाथै नागरिक जनगणनाकार्य सुभारम्भ गरेको हो ।यसका लागि मुस्ताङमा १० जना सुपरिवेक्षक र ३६ जना गणक संम्वन्धित स्थानमा खटिएका छन् ।यसअघि विभागको कार्यतालिका अनुसार भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म जनगणना सुपरिवेक्षक मार्फत घर परिवार सुचिकरण गर्ने काम सम्पन्न भईसकेको छ ।यसैका आधारमा गणकहरुले नागरिकको तथ्यांक संकलन गर्ने जनाईएको छ ।

राष्ट्रिय जनगणना अभियान आजैबाट सुरु भएको र मुस्ताङका ५ वटै स्थानीय तह र वडाहरुमा जनगणना संम्वन्धित सामाग्रीसहित गणकहरु नागरिकको घरदैलोमा पुगिसकेको जिल्ला जनगणना अधिकारी राजन पहाडीले जानकारी दिए । उनका अनुसार यसअघि जनगणना सुपरिवेक्षक तथा गणकहरुलाई ४ दिने अभिमुखिकरण तालिम संञ्चालन गरी कार्यक्षेत्रमा पठाईएको हो ।

Advertisement

केन्द्रिय तथ्यांक विभागको कार्यतालिका बमोजिम राष्ट्रिय जनगणना १५ दिनसम्म जारी रहने छ ।जनगणनाकार्यलाई समन्वयात्मक रुपले प्रभावकारि रुपमा अघि बनाउन विभागको कार्यविधि अनुसार प्रजिअको संयोजकत्वमा ७ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो ।

मुस्ताङका ५ वटै स्थानीय तहमा प्रमुख प्रकासकीय अधिकृतको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति गठन भईसकेको भने सबै वडाहरुमा वडा समन्वय समिति गठन भईसकेको स्थानीय जनगणना कार्यालयले जनाएकोे छ ।
मुस्ताङमा हिउँदयामको चिसो बढेसंगै मुस्ताङबासी बेसी झरेका छन् ।

Advertisement

जाडो छल्न जिल्ला बाहिर पोखरा÷काठमान्डौं झरेका घुम्ती विद्यालय र गुम्बाहरुको तथ्यांक सोही स्थानमा खटाएर विवरण संकलन गरिने जिल्ला जनगणना अधिकारी पहाडीले जानकारी दिए ।तर ,बेसी झरिसकेकाहरुको बिवरण उनीहरुको आफन्त र छरछिमेकबाट अभिलेख संकलन गरिने उनले बताए ।
कार्यालयका अनुसार मुस्ताङका ५ वटै पालिकामा गणक तथा सुपरिवेक्षकले संकलन गरिएको नागरिकको बिवरण रुजु गर्ने जिम्मा मुस्ताङको घरपझोङ स्थित स्थानीय जनगणना कार्यालयले पाएको छ ।स्थानीय जनगणना कार्यालयले अनुमोदन गरेको नागरिकको बिवरण जिल्ला जनगणना कार्यालयमा हँुदै केन्द्रिय तथ्यांक बिभागमा पठाईने छ ।


सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया