सिटी स्क्यान बिनाकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

सञ्जय रानाभाट २०७८ कार्तिक २७ गते १३:०५

सञ्जय रानाभाट
पोखरा ।
शुक्रबार बिहान पुगेकापोखरा महोरिया चोककानेत्र रायमाझीहतारमा देखिन्थे । अस्पताल परिसरमाउनीभ्यानबाट किशोरीलाई ह्विलचेयरमाराख्दै थिए ।पछि थाहाभयो, उनले भान्जीप्रियाअधिकारीलाई सिटी स्क्यानगराएर अस्पतालमा ल्याएका रहेछन् ।
पेटमा समस्या देखिएपछि प्रिया७कात्तिकमा अस्पतालभर्ना भएकीहुन् । सोहीदिनडाक्टरले उनलाई एपेन्डिसाइटिसभएको पुष्टि गरेपछिरातिनैशल्यक्रियागरियो ।शल्यक्रियासफलभएको भन्दै प्रियालाई भोलिपल्टैअस्पतालबाट डिस्चार्ज गरियो ।


घर फर्केकीप्रियालाई झनखप्ननसक्ने गरी पेट दुख्यो । ‘खानानरुच्ने, बारम्बार बान्ताभएपछिअवस्थाजटिल भयो । त्यसपछि हामीले फेरिबिहीबार अस्पताल ल्याएका हैं,’ रायमाझीले भने । ३ हप्तापछि अस्पताल भर्ना भएकीप्रियाको अवस्था जटिल बनिसकेको थियो । डाक्टरले प्रियाकोशल्यक्रियाअसफलभएको हुनसक्ने भन्दै सिटी स्क्यानगर्न सुझाए । सिटी स्क्यान रिपोर्ट हेरेपछि डाक्टरलेपहिलेको भन्दाठूलो शल्यक्रियागर्नुपर्ने भनेको रायमाझी सुनाउँछन् ।


क्षेत्रीय अस्पतालको सिटी स्क्यानबिग्रिएकाले बिरामीयसकालागिअन्तै जानुपर्छ । प्रियाको परिवार पनि डाक्टरले सुझाएअनुसार अमरसिंहचोकको कालीगण्डकी डायग्नोस्टिकमासिटी स्क्यान गराएकाथिए । कालीगण्डकीको भ्यानप्रियालाई लिन अस्पतालै पुगेको थियो ।
रायमाझी भन्छन्, ‘भान्जीको पेटमा समस्याभएकाले हिँड्न मिल्दैन ।अस्पताल बाहिर जाँदागाडीमा हाल्दानिकै गाह्रो भयो ।पैसा पनि धेरै लाग्दो रैछ ।दुख धेरै पाइयो । सरकारी अस्पतालमा सस्तो र राम्रो हुन्छ भनेर आइयो।’ सिटी स्क्यानगर्नमात्रउनले ७हजार तिरे । अन्य अस्पतालमा भन्दाराम्रो र सुलभ सेवापाउने हुने आशमाल्याएपनि छोरीले झनदुखपाएको प्रियाकीआमा बताउँछिन् ।

Advertisement


प्रियाको परिवारले मात्रहोइन,पश्चिमाञ्चल अस्पतालमा दैनिक सयौंले यस्तै दुखझेलिरहेका छन् । अस्पतालमा ६ वर्षदेखि सिटी स्क्यानसेवा छैन ।सिटी स्क्यान मेसिन बिग्रिएपछि अस्पतालले न नयाँकिनेको छ, न पुरानो मर्मत गरेको छ । यहाँकाचिकित्सकहरु बाहिर रिफर गरिरहेका छन् ।
गण्डकी अस्पतालमै उपचारत विमालाविकपनिसिटी स्क्याननहुँदाबाहिरै जानबाध्यभइन् । पाठेघर दुखेपछिउनीबिहीबारदेखि उपचाररतछिन् । उनलाई पनि डाक्टरले सिटी स्क्यानगर्नुपर्ने बताएपछि उनीशुक्रबार जाँचकालागिबाहिरै जानुप¥यो ।


पेट दुखेकाले उनले ३ दिनदेखि खानानखाएको सुनाइन् । ‘डाक्टरले सिटी स्क्यान गनुपर्छ, खानाखानुहुँर्दैन भनेपछि खानखाएकी छैन । पीडालेरिगंटा लागेको छ,’ उनले भनिन् । अस्पतालभित्रैसिटी स्क्याननहुँदा धेरै दुखपाएकोउनी बताउँछिन् । भाउजू ज्योतिविकउनलाई हेरचाहगरिरहेकीछन् । ज्योतिले भनिन्, ‘बेलुकाभर्ना भयौं । रोग अझै पत्तालागेको छैन । बाहिर पाठेघरको सिटी स्क्यान गरेको१४ हजार लाग्यो ।’

Advertisement


कमशुल्कमासरकारी अस्पतालमा उपचारकालागिआएपनिबाहिरै पठाउने भएपछि मारमा परेको उनले सुनाइन् । ‘यसरी त प्राइभेट अस्पतालमै गएभइहाल्यो ।किन सरकारी अस्पताल आउनुप¥यो ?,उनले प्रश्नगरिन् ।


स्रोतकाअनुसार पश्मिाञ्चल क्षेत्रीयअस्पतालका केही डाक्टर अस्पतालमा सिटी स्क्यानमेसिनल्याउनै दिदैनन् । ‘प्राइभेटमा लगेर सिटी स्क्यानगराउँदा ठूलै कमिसन आउँछ । किनअस्पतालमा मेसिन ल्याउँछन् त,’ स्रोत भन्छ । अस्पतालकोसिटी स्क्यानकोठामाअहिले ठूलो भोटे ताल्चालागेको छ । नजिकै रहेको भिडियो एक्सरेमाभीड हुन्छ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा कास्कीसहितआसपासकाजिल्लाबाट उपचारकालागि बिरामीआउँछन् । यहाँदैनिकओपिडीमा ५ सयसम्मको उपचार हुन्छ ।

५ सय शड्ढयाभएपनिअहिले अस्पतालमा अहिले ३ सय ५१ बेडमात्र छन् । अस्पतालका निर्देशकडा. भरतबहादुरखत्रीसिटी स्क्यानल्याउने सबै प्रक्रियासकिएकाले छिट्टै मेसिनआउने बताउँछन् । ‘अस्पतालबाट हुने सबै प्रक्रिया पूरा भएको छ । जति सक्दो छिट्टो आउँछ ।

केहीप्रविधिककमजोरीकाकारणले ढिला भएको हो,’ खत्री भन्छन् । निर्देशकखत्रीले चाडै भने पनिकहिलेसिटी स्क्यानआउने हो टंगो छैन ।
सिटी स्क्यानकिन्नगतअसारमै बोलपत्रआह्वानभएको थियो ।६ वर्षअघि श्रीकृष्ण श्रेष्ठ मेडिकल सुपरिटेन्डेन्ट हुँदा अस्पतालमा रहेको सिटी स्क्यानबिग्रिएको हो । श्रेष्ठकै अवधिमा७० लाखखर्चेर बनाएपछिपछि १ वर्षपछि फेरि मेसिनबिग्रिएको थियो ।खत्रीपछि डा. अर्जुन आचार्य निर्देशकहुँदासमेत सिटिस्क्यान सञ्चालनमाआएन। खत्री जेठमा निर्देशकबनेकाहुन् ।


‘४ महिनाअघि बोलपत्रआह्वानभएको छ । अस्पतालले बैंकमापनि पैसा हालिसक्यो । बैंकिङ प्रक्रियापूरा भइसक्यो । स्ट्रयान्डर्ड चार्टर, राष्ट्र बैंक र बिक्रीगर्ने कम्पनीबीच कुरा नमिल्दा ढिला भयो,’ खत्रीदाबी गर्छन्, ‘यसभन्दा अघि कम्पनीले ५० प्रतिशत एडभान्स मागेको थियो, पछि ८० प्रतिशतमाग्यो ।’१ हप्ता अघिमात्र कम्पनीले चिठी लेखेर परिमार्जित पत्रमाहस्ताक्षर गरेर अस्पतालले पठाइसकेको उनले सुनाए । नियमअनुसार ९० दिनभित्रमेसिनआइपुग्नुपर्ने उनी बताउँछन् ।सिटी स्क्यान मेसिन बेच्ने कम्पनीले कोभिड र बैंकिङ प्रोसेसले कारण देखाएर ढिलाइ गरेको खत्री बताउँछन् ।

अस्पतालले नेदरल्यान्डबाट फिलिस कम्पनीको सिटी स्क्यानल्याउनलागेको हो । नयाँ सिटी स्क्यान मेसिननकिनिनु र पुरानो मर्मत नहुनुमा अस्पताल दोषीनभएको डा. खत्रीजिकिर गर्छन् । नयाँ सिटी स्क्यान मेसिनकरिब ७ करोडमा किन्नलागिएको उनले जानकारी दिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया