ऐमालेमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत

समाधान संवाददाता २०७८ कार्तिक २७ गते १४:१३

समाधान संवाददाता
पोखरा, २६ कात्तिक
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको लागि भएको निर्वाचनमासबै प्रतिनिधि सर्वसम्मत भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार शुक्रबार केहीले उम्मेद्वारी फिर्ता लिएपछि प्रतिनिधि सर्वसम्मत भएका हुन् । कास्की क्षेत्र नम्बर १ बाट ९ जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ बैनबहादुर अधिकारी क्षेत्री, पुष्पज्योति ढुंगाना, नवराज ओझा, शंकरनाथ पौडेल,वेदबहादुर गुरुङ (श्याम) र दिलीप न्यौपाने निर्विरोध भएका छन् । महिलातर्फ महाधिवेशन प्रतिनिधिको लागिविजया सुवेदी, नारायणी भट्टराई, र गंगा कुँवर सर्वसम्मत भएको पार्टीका जिल्ला कमिटी कास्की सचिवालय सदस्य बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
कास्की जिल्ला क्षेत्र नम्बर २ बाट ९महाधिवेशन प्रतिनिधि सबै निर्विरोध भएका छन् । खुलातर्फ कृष्ण थापा, रश्मि आचार्य, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल र आरपी शर्मा निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधि महिलातर्फ विद्या भट्टराई, प्रभा कोइराला, मञ्जुदेवी गुरुङ सर्वसम्मत बने ।
कास्की क्षेत्र नम्बर ३बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ दामोदर बैरागी, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी र जगन्नाथ बास्तोला सर्वसम्मत भएका छन् । महिलातर्फ शोभा बराल पहारी, शुशीला पराजुली र सन्तुदेवी सुवेदी निर्विरोध भएका छन् ।
महाधिवेशनमा प्रदेश कमिटीतर्फबाट ५ महाधिवेशन प्रतिनिधिमा खुलातर्फ शोभियत ढकाल, माधव बास्तोला, लीला राना, महिलातर्फ पुष्पाकेसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ सर्वसम्मत भएका छन् । गण्डकी प्रदेश अन्तर्गत मजदुर पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ रुद्रबहादुर खत्री, कर्णसिंह गुरुङ, नन्दलाल अधिकारी, बलराम पौडेल र महिलातर्फ मिना गुरुङ, पम्फा देवकोटा पहारी र बलादेवी राई निर्विरोध भएको पार्टीका जिल्ला कमिटी कास्की सचिवालय सदस्य अधिकारीले बताए ।
दलिततर्फ समग्र कास्की क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर १ महिला र खुलातर्फ ३ पुरुषको सर्वसम्मत प्रयास जारी छ । कास्कीका ३ निर्वाचन क्षेत्रबाट २७ जना र दलिततर्फबाट ४ गरी ३१ प्रतिनिधि चयन हुने छन् । कास्कीबाट ३१ जनाका लागि १सय १६ जनाको उम्मेदवारी परेको थियो ।
प्रदेश कमिटीमा ५ जना प्रतिनिधिका लागि ८ र प्रदेश अन्तर्गत मजदुरतर्फ ७ जना प्रतिनिधिका लागि भएको निर्वाचनमा १२ जनाको उम्मेद्वारी परेको थियो ।
पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार कात्तिक २४ गते बुधबार मतदाता नामावली प्रकाशन, मतदान केन्द्र छनोट,कात्तिक २५ गते बिहीबार उम्मेद्वारी दर्ता र उम्मेद्वारको नामावली प्रकाशन, कात्तिक २६ गते शुक्रबार उम्मेद्वारीमाथि दाबी बिरोध र उम्मेद्वारी फिर्ता र २७ गते शनिबार प्रतिनिधि छनोट र घोषणा कार्यक्रम तय गरिएको छ ।
एमालेको१० औं महाधिवेशन चितवनमा मंसिर १०देखि १२गतेसम्म हँुदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया