डिस होमका ग्राहकलाई सित्तैमा इन्टरनेट

समाधान संवाददाता २०७८ कार्तिक २९ गते २०:२९


पोखरा

डिस होमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबिपिएस इन्टरनेट प्रदान गर्ने भएको छ । डिस होम नेपालको एकमात्र डिटिएच सेवाप्रदायक कम्पनी हो ।


कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई निरन्तरता दिँदै डिस होम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिस होम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको डिस होमका जेनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए ।

Advertisement


यस अन्तर्गत ग्राहकले १ महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिस होम टिभी रिचार्ज गर्दा १० एमबिपिएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् । वार्षिक ग्राहकले मासिक साढे ५ सय रुपैयाँ (भ्याटसहित) मा डिस होम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्ने छन् ।
डिस होमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । देशका मुख्य सहरमा डिस होमको फाइबरनेट पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया