आज कांग्रेसकाे प्रदेशसभा अधिवेशन हुँदै

समाधान संवाददाता २०७८ मंसिर ३ गते १३:४९

Advertisement

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै छ । कांग्रेसले देशैभरिका ३ सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । सबैजसो जिल्लामा वडा र पालिकास्तरका अधिवेशन सकिएका छन् । ३ सय ३० प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा १ सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।


प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको ३ वर्ष पुगेको हुनुपर्नेछ ।
प्रदेश सभा कार्यसमितिमा १ सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् ४ जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल माथि हुनेछ ।

Advertisement


कांग्रेस केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ ।

तपाईको प्रतिक्रिया