पर्यटन
मुस्ताङमा भारतीय पर्यटक बढे
असोज ४ गते कार्तिक ३० गतेसम्ममा १६ सय ४५ जना भारतीय पर्यटक र ३ सय ३८ जना तेश्रो मुलुकका बिदेशी पर्यटक
जोमसोम— कोरोना कहरले बन्द रहेको प्रसिद्ध धार्मिक स्थल मन्दिर गत बडा दशै अधिको सोह्र श्राद्धमा खुल्ला भएपछि मुस्ताङमा भारतीय पर्यटकको संख्या क्रमशः बढ्न थालेको छ ।कोरोना कहरका कारण गत बैशाख देखि बन्द भएको मुक्तिनाथ मन्दिर ६ महिनापछि पुन सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
मुस्ताङमा १८ वर्षदेखि माथि उमेरका अधिकांश नागरिकले खोप लगाईसकेको र कोरोना संक्रमण न्यूनिकरण हुदै गईरहेको भन्दै स्थानीय प्रशासनले दुई महिना अघि जारी निषेधाज्ञा खुकुलो पारेको थियो । स्थानीय प्रशासनले मुस्ताङ घुम्ने पर्यटक तथा दर्शनार्थीलाई पिसिआर रिपोर्ट ,एन्टिजेन रिपार्ट वा खोप कार्डका आधारमा जिल्ला प्रबेश गर्ने अनुमती प्रदान गरेको थियो ।
मुस्ताङमा जारी निषेधाज्ञा खुकुलो पारिएसंगै आन्तरिक पर्यटकका साथै भारतीय पर्यटकको संख्या बृद्धि भईरहेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय अन्तर्गत पुथाङ एक्याप पर्यटक चेक पोष्टले जनाएको छ ।एक्याप पर्यटक चेक पोष्टका अनुसार असोज ४ गते कार्तिक ३० गतेसम्ममा १६ सय ४५ जना भारतीय पर्यटक र ३ सय ३८ जना तेश्रो मुलुकका बिदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।एक्याप पर्यटक चेक पोष्टले पोखरा हुदै दिनुह १ सयको हाराहारीमा भारतीय तथा तेश्रो मुलुकमा पर्यटकले परमिट पेश गर्ने गरेको जनाएको छ ।
यस्तै,मुक्तिनाथ मन्दिर खुल्ला भएसंगै गत असोजको पहिलो हप्ता तारा एअरको जहाजले पोखरा —जोमसोम नियमित हवाई उडान सुरु गरेको थियो ।हवाई उडान सुरु भएसंगै मुस्ताङमा भारतीय पर्यटक आउन थालेको तारा एअरका जोमसोम स्टेशन प्रमुख सुजन लालचनले जानकारी दिए । उनका अनुसार केही हप्तादेखि पोखरा हवाई उडानको संख्या बढ्न थालेको र अहिले दैनिक ९ वटा सम्म उडान भईरहेको जानकारी दिए । तारा एअरको दुई वटा जहाजले यात्रु ओसार —पोसार गरिरहेको छ ।
कोरोना कहर अघिको रेकर्डमा सार्क तथा तेश्रो मुलुकका गरी बर्सेनि ६० हजार बिदेशी पर्यटकले मुस्ताङ भ्रमण गर्ने गथ्र्ये ।यस्तै, स्वदेशी पर्यटक पनि मुक्तिनाथ दर्शन,कोरलानाका अवलोकन र कागबेनीमा श्राद्ध गर्नका लागि बर्सेनि ३ लाख भन्दा बढी पर्यटक आउने गरेका थिए ।कोरोनाले प्रभावित बनेको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किदै छ । दशै—तिहार र छट पर्वको सेरोफेरोमा ५० हजार भन्दा बढी स्वदेशी पर्यटक मुस्ताङ आएका थिए ।
मुस्ताङ आएका पर्यटक मध्ये एक चौथाई स्वदेशी पर्यटक भने उपल्लो मुस्ताङको कोरलानाका सम्म पुग्न गरेका छन् ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया