यी हुन् कास्कीमा कांग्रेसको प्रदेश सभा समितिमा निर्वाचित सभापति

पोखरा ।
नेपाली कांग्रेस कास्की २ को ‘क’ प्रदेश सभा निर्वाचन क्षेत्र समितिको सभापतिमा दिनेश आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनमा वर्षाकेशव पराजुलीलाई पराजित गर्दै आचार्य सभापति निर्वाचित भएका हुन् । प्राध्यापकसमेत रहेका युवा नेता आचार्यले १२१ मत प्राप्त गर्दा अर्का युवा नेता पराजुलीले ९१ मत ल्याएका हुन् ।
प्रदेश सभा ‘ख’मा दीपेन्द्र मर्सानी सभापति भएका छन् । उनले सुवास सिग्देललाई पराजित गरे । कास्की १ का ‘क’मा दुर्गाप्रसाद सुवेदी सभापति निर्वाचित भए । उनले २२६ मत ल्याउँदा अर्का प्रतिस्पर्धी मुराहरि कोइरालाले २०९ मत प्राप्त गरे ।
कास्की ३ को क प्रदेश सभा निर्वाचन क्षेत्रको सभापति पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले दीपकराज पौडेललाई पराजित गरेका हुन् । पाण्डेले १६६ र पौडेलले १५६ मत ल्याएका थिए । कास्की ३ को ख र कास्की १ खमा शुक्रबार राति अबेरसम्म पनि मतगणना जारी थियो । कास्की ३ खमा जीवनाथ पौडेल शंकर र दीपकवीर कुँवरबीच सभापतिमा प्रतिस्पर्धा भएको छ । कास्की १ खमा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइरालाबीच सभापतिमा प्रतिपस्पर्धा छ । ३ खमा शुक्रबार रातिको पछिल्लो मतगणना परिणाममा जीवनाथले अग्रता लिएका थिए ।







ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया