ताराबहादुर सम्मानित

समाधान संवाददाता २०७८ मंसिर ४ गते २०:१०

पोखरा
लोक नृत्य कलाकार संघ कास्की नेपालले नायकताराबहादुर गुरुङलाईसम्मान गरेको छ । संघले उनलाई संरक्षकघोषणा गरेको छ ।
शनिबार भएको संघको प्रथमवार्षिकोत्सवतथाविविध सांकृतिककार्यक्रममाअध्यक्ष केशबहादुर गुरुङले ताराबहादुर गुरुङ चलचित्रको ‘महानायक’भएको बताए ।‘उनको संकल्पर इच्छाशक्ति निकै ठूलो छ । त्याग बृहस्पति जस्तै विशाल छ,’ अध्यक्ष गुरुङले भने । पुष्पाञ्जली स्टुडियो प्रालिले आयोजना गरेको नेसनल गण्डकी अवार्डबाट गुरुङ सम्मानितभइसकेका छन् ।

Advertisement


ताराबहादुरले २०४७ सालमालालीगुँरास कल्चर सेन्टर खोेलेकाथिए ।गुरुङ चलचित्रमार्फत गुरुङ भाषा र संस्कृतिलाई जोगाउनउनले भूमिका खेलेका छन् । ‘लोक नृत्य संरक्षण ः मौलिककलाको सम्मान’ नाराका साथ २०७६मा संघ स्थापनाभएको हो ।संघले सल्लाहकार मनोनयनसमेत गरेको छ ।


संघका सल्लाहकारमाहुम गुरुङ, बुद्धिप्रसाद गुरुङ, धनबहादुर गुरुङ, गम्भीर बर्देवा, कृष्णकुमारी गुरुङ, शान्ति गुरुङ, जंग गुरुङ, मनकुमारी श्रेष्ठ, खीमबहादुर गुरुङ र शेरबहादुर गुरुङ हुन् ।

Advertisement


कार्यक्रममासंसद मनबहादुर गुरुङले संस्कृतिजोगाउननागरिक सचेत हुनैपर्ने बताए । उनले विभिन्नजातजातिका संस्कार, भाषा, संस्कृतिजोगाउन पछिल्लो पुस्ताजागरुकभएर लाग्नुपर्नेमाजोड दिए । कार्यक्रममा संघका सचिव राहुलथापामगरले पनिबोलेकाहुन् ।

Advertisement

तपाईको प्रतिक्रिया