एमाले पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

सञ्जय रानाभाट २०७८ मंसिर ५ गते १२:३१


पोखरा
नेकपा एमालेको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुले विभिन्न पदमा आफ्नो आकांक्षा सार्वजनिक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट पदाधिकारीमै पनि आकांक्षा राखेका नेताहरु देखिएका छन् । त्यसो त यसअघि नै गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङ पदाधिकारी छन् । नवौं अधिवेशनबाटै उनी सचिव निर्वाचित भएका हुन् ।


पृथ्वीसुब्बा १० औं महाधिवेशनमा महासचिवको उम्मेदवार हुने तयारीमा छन् । ‘सचिवहरुमध्ये सफल मध्येको हुँ,’ उनले भने, ‘त्योभन्दा माथिकै पदमा उठ्छु ।’ पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने, व्यावहारिक, वैचारिक, भावनात्मक, संगठनात्मक रुपले एकताबद्ध पार्टी बनाउन आफूले सक्ने उनको भनाइ छ । ‘महासचिव भनेको टिममा अध्यक्षको मुख्य मान्छे हो । अध्यक्षको सहमति भयो र मलाई अगाडि बढाउनुभयो भने म यो काम गर्न योग्य छु र एकदमै उत्साहित छु भनेर उहाँ (ओली) लाई भनेको छु,’ उनले भनेका छन् ।


नवौं महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका गण्डकी प्रदेश कमिटी संयोजक किरण गुरुङले फेरि सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । ‘सहमति भयो भने ठिकै छ, नभए उपाध्यक्षमा निर्वाचन लड्ने हो,’ उनले भने । नेपाल सरकारमा वन मन्त्री भइसकेका उनी गण्डकी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

Advertisement


गण्डकीका अर्का नेता खगराज अधिकारीले आफ्नो दाबी पदाधिकारीमै हुने यसअघि नै सार्वजनिक गरेका छन् । उनीनिकट स्रोत अधिकारीले सचिव बन्ने आकांक्षा राखेका छन् । नवौं महाधिवेशनमा अधिकारी केन्द्रीय सदस्यमा थोरै मतान्तरले मात्रै पराजित भएका थिए ।


एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेन गरी बहुपदीय विधान निर्माण गरेको छ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना हुने विधानको व्यवस्था छ । गण्डकीकै नेता पूर्वमन्त्री पद्मा अर्याल पनि पदाधिकारीमा दाबी गर्नेमध्येमा छिन् । १५ पदाधिकारीका लागि झण्डै दोब्बरको संख्यामा उम्मेदवार हुने देखिएको छ । एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत गरेको छ, तर आकांक्षी उत्तिकै धेरै देखिँदा निर्वाचनमै जाने सम्भावना छ । अध्यक्षमा केपी ओलीलाई सर्वसम्मत बनाउने धेरैको कसरत रहे पनि भीम रावल र घनश्याम भुसालले उनीविरुद्ध उम्मेदवारी दिने सन्देश दिइसकेका छन् ।

Advertisement


गण्डकीबाट केन्द्रीय सदस्यको आकांक्षी नेता पनि थुप्रै छन् । पूर्व खेलकुद तथा युवा मन्त्री जगत विश्वकर्मा नवौं महाधिवेशनबाटै केन्द्रीय भइसकेका हुन् । उनले फेरि केन्द्रीय सदस्य दोहो¥याउन चाहेको उनीनिकट स्रोत बताउँछ । सीता गिरी र भीम कार्की पनि केन्द्रीय सदस्य छन् । फेरि केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्छन् । प्रदेश सांसद तथा युवा नेता राजीव पहारी, प्रदेश सांसद तथा कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जाबाट प्रदेश सांसद मोहन रेग्मी, लमजुङका जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद धनञ्जय दवाडी, टुका हमाल र प्रदेश सभामा एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, तनहुँका एकबहादुर राना र टुकराम सिग्देल, बागलुङका गोविन्दबहादुर नेपाली, लीलबहादुर थापा, मना केसी, म्याग्दीका भूपेन्द्र थापा र गोरखाका नेता तथा प्रदेश सांसद रामशरण बस्नेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेताहरुमा रहेको एमाले स्रोत बताउँछ । पर्वतका पदम गिरी, बागलुङका ईन्द्रलाल सापकोटा लगायत पनि केन्द्रीय सदस्यको आकांक्षी भएको बताइन्छ ।


एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदै छ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट ४५ सदस्यीय स्थायी कमिटी बनाउँछ ।


२०७१ मा भएको एमालेको ९ औं महाधिवेशनबाट १४ पदाधिकारी निर्वाचित भएका थिए । यसपालि विधान संशोधन गरी वरिष्ठ उपाध्यक्षको व्यवस्थासहित १५ पदाधिकारी पु¥याइएको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया