बागलुङमा १८ वर्षीया उषा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित

समाधान संवाददाता २०७८ मंसिर ५ गते १२:५४


बागलुङ ।
बागलुङमा १८ वर्षीया किशोरी नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि चयन भएकी छन् । शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा अधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।

Advertisement

उषाले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो । उनी बागलुङको काठेखोला गाउँपालिका ५ बिहुँ की हुन् । उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन् ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत उषालाई बधा२ दिँदै पार्टीमा युवा आकर्षण बढेको बताएका छन् । शर्माले आइतबार १० प्रतिशत केन्द्रीय सदस्य र प्रदेश कार्यसमिति सदस्यको अवधारणा उदाउँदा अनुहारका लागि भएको सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
उषाले ‘पहिला राजनीतिक परिवर्तन, अहिले राजनीतिमा परिवर्तन’ नारा दिएर अधिवेशन प्रतिनिधिको चुनाव लडेकी थिइन् । प्लसटु उत्तीर्ण उनले कानुनमा स्नातक गर्ने तयारी गरेकी छन् ।

तपाईको प्रतिक्रिया