स्याङ्जा र तनहुँमा जिल्ला प्रहरी प्रमुखको हेरफेर

पोखरा
प्रहरी प्रधान कार्यालयले स्याङ्जा र तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुखको सुरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले शनिबार २२ एसपीको सरूवा गरेका हुन् । त्यसक्रममा स्याङ्जा र तनहुँका प्रहरी प्रमुख पनि परेका छन् ।
स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा भएको छ । उक्त शाखामा वसन्त रजौरे थिए । रजौरेको जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा भएको छ । धनुषाका एसपी प्रकाश रानाभाट प्रदेश प्रहरी कार्यालय गण्डकीमा सरुवा भएका छन् ।
तनहुँका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीको महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ । रमेशकुमार बस्नेतका ठाउँमा मैनालीको सरुवा भएको हो । बस्नेतको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको छ । पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डे प्रहरी प्रधान कार्यालयको कार्यविभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखा सरुवा भएका छन् ।
एसपीको सरुवा र हेरफेरका क्रममा स्याङ्जामा एसपी राजीवबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ । उनी प्रदेश प्रहरी कार्यालय पोखरामा थिए । तनहुँ प्रहरी प्रमुखको जिम्मेवारी एसपी राजेन्द्रबाबु रेग्मीले पाएका छन् । उनी नेपाल प्रहरीको प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा थिए । धनगढीअघि भने नेपाल प्रहरीकै संघीय प्रहरी कार्यालय पोखरामा थिए । उनी स्याङ्जाका हुन् ।
प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम सशस्त्र प्रहरी गणमा सरूवा गरिएको छ । अविनारायण काफ्ले अख्तियारबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा, कृष्ण प्रसाईं २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जिल्ला प्रहरी सर्लाही, टीकाबहादुर केसी काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरूवा भएका छन् । मकवानपुरमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई युएन जगेडा कोषमा सरूवा गरिएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया