पर्यटन

बाँक्लो हिमपातसंगै धौलागिरि आधार शिविर पुगेका ८ विदेशीसहित १७ नेपालीको उद्दार

सुन्दरकुमार थकाली २०७८ मंसिर ५ गते २०:२०

जोमसोम—बाँक्लो हिमपात र मौसम प्रतिकुलताका कारण धौलागिरि आधार शिविरमा अलपत्र ८ विदेशीसहित १७ जना पर्यटक पथ प्रर्दशक गाईडको आईतबार बिहान हेलि उद्दार गरिएको छ ।
उनीहरु सबैको एअर डोईनोष्टिक हेलि मार्फत हेलि उद्दार भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार धौलागिरि आधार शिविरबाट बेल्जियमका ४ जना , स्पेनीस ४ जना र १७ जना नेपाली पथप्रदर्शक गाईडको उद्दार गरिएको हो ।उनीहरुलाई धौलागिरि आधार शिविरको हिडन भ्यालीबाट जोमसोम ल्याई सकुशल हेलि उद्दार गरिएको हो ।
धौलागिरि आधार शिविरको हिडन भ्यालीमा अलपत्र परेका मध्ये दुई समुहले ट्राभल एजेन्सीको समन्वय गरेका थिए भने अर्को एक समुह भने आफुखुसी बिना पथप्रदर्शकसहित धौलागिरि चर्किय पदयात्रामा निस्किएका थिए ।जसमध्ये २ जना पुरुष र २ महिला गरी ४ जना बेल्जियम पर्यटक र दुई जना स्पेनीस पुरुष पर्यटकले ट्राभल एजेन्सी मार्फत त्यहाँ पुगेका थिए भने अर्को २ जना स्पेनीस पर्यटक बिना प्रथप्रदर्शक आधार शिविर पुगेका थिए । प्रहरीका अनुसार बिना पथ प्रदर्शक , बिना ट्राभल एजेन्सीको समन्वय गरी आधार शिविर पुगेका पर्यटकको समेत स्थानीय प्रशासन ,गृह मन्त्रालय र सम्वन्धित दुताबासको समन्वय गरी उद्दार गरिएको हो ।

मौसम प्रतिकुलतासंगै बाक्लो हिमपातका कारण पदमार्ग पहिल्याउन नसक्दा आधार शिविरको हिडन भ्यालीमा दुई दिन सम्म अपलत्र परेको ट्रेकिङ तथा माउन्टेन पथप्रदर्शक फुर्वा शेर्पाले जानकारी दिए ।उनका अनुसार म्याग्दीको धारापानीबाट सुरु गरिएको धौलागिरि चर्किय पदमार्गमा यात्रा गर्ने क्रममा धौलागिरि आधार शिविर हुँदै फ्रेन्च पास भएर ५३ सय मिटर अग्लो उचाईमा अवस्थित हिडन भ्याली आईपुग्दा बाक्लो हिमपात भएको र हिमपातका कारण गन्तब्य पहिल्याउन नसकी २ दिन सम्म त्यही अलपत्र परेको बताए ।
माउन्टेन पथप्रदर्शक फुर्वा शेर्पाका अनुसार धौलागिरि चर्किय पदमार्ग गर्ने उद्देश्यले आफ्नो ४ जना बेल्जियमका पर्यटकले नोभेम्बर ८ तारिख र अर्को एक दुई जनाको स्पेनीस समुहले नोभेम्बर ११ तारिखमा काठमान्डौंबाट सो क्षेत्रमा प्रस्थान गरेका थिए ।

माउन्टेन पथप्रर्दशक शेर्पाले धौलागिरि चर्किय पदयात्रा गर्ने क्रममा धौलागिरिको ईटालियन आधार शिविरसम्म मौसम सफा रहेको र त्यहाँबाट जापानीज आधार शिविर हँुदै धौलागिरि आधार शिविरसम्म सकुशल यात्रा भएको शेर्पाले बताए । तर ,त्यहाँबाट फ्रेन्च पास हँुदै हिडन भ्याली आईपुग्दा हिमपात सुरु भएको उनले खुलाए ।‘धौलागिरि क्षेत्रको फ्रेन्च पास ,थापा पास ,बतासे डाँडा हुँदै मुस्ताङको मार्फा निस्किने योजना थियो,पथप्रर्दक शेर्पाले भने,‘ तर फेन्च पास क्षेत्रमा बाँक्लो हिमपात र मौसमको खराबीले पदयात्राको अन्तिम बिन्दुमा आएर असफल भयो ।’
यसअघि कार्तिक ७ गते डोल्पा र मुस्ताङको सीमाक्षेत्र याकखर्कबाट जर्मनका ४ विदेशी पर्यटकको उद्दार गरिएको थियो । उनीहरु डोल्पा हँुदै मुस्ताङ आउने क्रममा बाक्लो हिमपात परेपछि गन्तब्य पहिल्याउन नसक्दा अलपत्र परेका थिए ।

Advertisement

यस्तै,कार्तिक १५ गते धौलागिरि आधार शिविरमा पदयात्रा गर्ने क्रममा सो क्षेत्रमा हिमपात हुँदा २ जना स्पेनीससहित ६ जना पर्यटक पथ प्रदर्शकको उद्दार गरिएको थियो ।
कोरोना भाईरसको जोखिम न्युनिकरण हँुदै गएपछि हिमाल आरोहण ,पदमार्ग तथा पर्यटकीय गन्तब्यमा विदेशी पर्यटकको पदयात्रा तथा आरोहरण गर्नेको संख्या बृद्धि भईरहेको थियो । गत भाद्रको अन्तिम सातादेखि धौलागिरि आधार शिविरमा हिमाल आरोहरण तथा पदयात्रा गर्ने विदेशी पर्यटकको चहल÷पहल निकै बढेको थियो ।

कोरोनापछिको जारी सिजनमा हिमाल आरोहरण तथा धौलागिरि चर्किय पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटक,पथप्रदर्शक र भरियाहरुको उपस्थिती बढेको थियो ।हिउँदयाम लागेपछि मौसम प्रतिकुलता हुने र बाक्लो हिमपात पर्ने भएकाले हिमाल आरोहरण तथा हिमाल पदयात्रा गर्ने बिदेशी पर्यटक अलपत्र पर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया