देवराज चालिसे कांग्रेस गण्डकी प्रदेश सभापति उठ्ने

समाधान संवाददाता २०७८ मंसिर ७ गते १८:१७

पोखरा ।

नेपाली कांग्रेसका बौद्धिक नेता देवराज चालिसे पार्टी गण्डकी प्रदेश समिति सभापतिको उम्मेदवार हुने भएका छन् । बुधबार उनले पोखरामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दैछन् । महेन्द्रपुलको रोयल साकुरा रेस्टुरेन्टमा ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्

चालिसेले कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि जितेका छन् । सोमबार भएको निर्वाचनको मंगलबार आएको निर्वाचन परिणाम अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फका उम्मेदवारमध्ये चालिसे उत्कृष्ट २ मा परेका थिए ।

Advertisement

त्रिभुवन विश्वविद्यालय स्ववियु सभापति भइसकेका चालिसेले सोही विश्वविद्यालयको स्थायी प्राध्यापकबाट २०७४ मै राजीनामा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया