माझठाना पात्ले गाउँको चिनारी गीत ‘साह्रै राम्रो हाम्रो पात्ले गाउँ’ को छायांकन

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ अन्तर्गत पर्ने माझाठाना पात्ले गुरुङ गाउँको चिनारी गीत ‘साह्रै राम्रो हाम्रो पात्ले गाउँ’को छायांकन भएको छ । माओत्से गुरुङ फिल्मस् प्रोडक्सनको ब्यानरमा गाउँको चिनारी गीतको भिडिओ छायांकन गरिएको हो । मंसिर ४ र ५ गते गाउँको सम्पूर्ण भाइखलकका आमाबाबु, दाजुभाइ, फुपू पुसाइँ, दिदीभेना, बहिनी ज्वाइँ, छोरीज्वाइँ, तथा इष्टमित्रहरुको माझ गीतको छायांकन भएको हो ।
ऊक्त गीतको शब्द पात्ले गाउँकै समाजसेवी खिमबहादुर गुरुङले लेखेका हुन् । गायक तथा संगीतकार स्याङ्जाका राजु गुरुङ छन् । गायिका तारा श्रीस मगर छिन् । बागलुङकी श्रीसमगर भ्वाइस अफ नेपाल सिजन ३ की उपविजेता हुन् । गीतको निर्देशन ओमप्रकाश गुरुङले गरेका हुन् । नृत्य निर्देशक पवित्रा गुरुङ हुन् । उनलाई हीरा गुरुङले सहयोग गरेकी थिइन् । गीतको छायांकन कास गुरुङले गरेका छन् । शर्मिला गुरुङले शृंगारको जिम्मेवारी सम्हालेकी थिइन् ।
गाउँकै कलाकारहरु विशाल गुरुङ, बुद्ध गुरुङ, खिमा गुरुङ, रश्मि गुरुङ, प्रतीक्षा गुरुङ, सुविना गुरुङ, पवित्रा गुरुङ, खिमबहादुर गुरुङ, मनकाजी गुरुङ, रिकबहादुर गुरुङ, जीवन गुरुङ, रक्षा गुरुङ, सुशीला गुरुङ, रेणु गुरुङ, मनदेवी गुरुङ, झरना गुरुङ र मीनाकुमारी गुरुङले उक्त गीतको भिडिओमा नृत्य गरेका छन् । नरबहादुर गुरुङ (क), थमनसिंह गुरुङ, नरबहादुर गुरुङ (ख), विनोद गुरुङ र सुरेन गुरुङले भिडिओमा अभिनय गरेका थिए ।
गुरुङहरुको नयाँ वर्ष ल्होछार (ल्होसार) को अवसर पारी उक्त गीतको विमोचन गर्ने लक्ष्य रहेको पात्ले गुरुङ समाजका सचिव तथा समाजसेवी खिमबहादुर गुरुङले समाधान दैनिकलाई जानकारी गराए ।









तपाईको प्रतिक्रिया