डा टकराज गुरूङ कांग्रेस लमजुङ सभापति

बेसीसहर ।
डा. टकराज गुरुङ नेपाली कांग्रेस लमजुङको सभापति निर्वाचित भएका छन् । टकराजले ७१७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गमप्रसाद गुरुङले ५८५ मात्रै प्राप्त गरेका हुन् । कांग्रेस चौधौं महाधिवेशन अन्तर्गत लमजुङमा बुधबार जिल्ला निर्वाचनको मत परिणाम आएको हो । टकराज ४ वर्षका लागि कांग्रेस जिल्ला सभापति भएका हुन् ।
टकराज पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् । टकराजले प्यानल बनाएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट गमप्रसाद प्यानलसहित उम्मेदवार बनेका थिए । लमजुङमा देउवा र पौडेलबाहेक तेस्रो धार पनि कांग्रेसमा छ । कोइराला परिवार पक्षधर शंकरकान्त जोशीको त्यो समूहमा वृषराज गुरुङ छन् । उनले टकराज प्यानललाई समर्थन गरेको थियो ।
टकराज र गमप्रसाद पक्षका १/१ जनाले उपसभापति जितेका छन् । सचिवमा पनि उनीहरुका १/१ जना आए । सहसचिवमा पनि त्यसै गरी उनीहरुका १/१ जना समर्थक विजयी भएका छन् । उपसभापतिमा गमप्रसाद पक्षका आनन्द घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ७ सय १ र टकराजपक्षका श्रीकान्त घिमिरेले ६ सय ७८ मत ल्याए ।
२ जना उपसभापतिका लागि भएको प्रतिस्पर्धामा उनीहरुसँग पराजित गमप्रसाद पक्षका खड्गबहादुर गुरुङ र टकराज पक्षका लोकनाथ घिमिरे पराजित भए । सचिवमा टकराज पक्षधर कृष्णबहादुर अधिकारी र गमप्रसाद पक्षका विमल श्रेष्ठ विजयी भए । टकराज पक्षधर नवीनचन्द्र घिमिरे पनि सचिव भएका छन् । सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङ र टकराजको प्यानलका विश्व पौडेल निर्वाचित भए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया