रामचन्द्र पौडेलकी छोरी पोखराबाट महाधिवेशन प्रतिनिधि

समाधान संवाददाता २०७८ मंसिर ८ गते १४:२२

पोखरा । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । उनी खुला महिला उम्मेदवारमा लडेकी हुन् ।

Advertisement

संज्ञाले दोस्रो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेकी हुन्। उनले ३९५ मत ल्याएकी हुन्। चारजना खुला महिलाका लागि ११ जना उम्मेदवार थिए। सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी उनी नेता पौडेलकी माइली छोरी हुन् ।

तपाईको प्रतिक्रिया