कास्की कांग्रेस सचिवमा भानु ढकालको उम्मेदवारी घोषणा

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १० गते हुने जिल्ला अधिवेशनमा कास्की कांग्रेस जिल्ला समितिको सचिवमा युवा नेता भानु ढकालले सचिवमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेका ढकाल पार्टी दसकअघिदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका हुन् ।
ढकालले ‘मलाई तपाईंको अमूल्य मत दिनोस्, म तपाईंलाई बलियो कांग्रेस दिन्छु’ भन्दै मत मागेका छन् । उनले संगठनलाई चुस्त दुरुस्त बनाउँदै विस्तार गर्ने र पुरानो विरासत फर्काउने उद्देश्यसहित आफ्नो उम्मेदवारी भएको बताएका छन् । ‘अग्रजको सम्मान गर्ने र विरासत फर्काउने मेरो उद्देश्य छ,’ उनले भने, ‘सांगठनिक व्यवस्थापनलाई पनि हामीले बलियो बनाउनुपर्नेछ ।’
ढकाल नयाँ पुस्ताका युवा मतदातालाई कांग्रेससँग जोड्नुपर्ने चुनौती आफूले देखेको बताउँछन् । ‘म कास्की कांग्रेस सचिव भइरहँदा युवा मतदातालाई कांग्रेसमा आकर्षित गर्ने काम गर्नेछु,’ उनले भने ।
भानु २०६२÷६३ को आन्दोलनका सर्वाधिक सक्रियमध्येका आन्दोलनकारी नेता कमलमणि ढकालका भाइ हुन् । राजा ज्ञानेन्द्रको निरंकुश शासनका विरुद्ध र उनको पश्चिमाञ्चल भ्रमणको विरोध गर्दै पुत्ला दहन गरेबापत भानु पनि दाजु कमलमणि र अर्का नेता मोहन पण्डितसँगै गिरफ्तार परेका थिए । ‘२०६२ सालको दसैंको घटस्थापनाकै दिन गिरफ्तार परेर राजद्रोहको मुद्दा खेपेका थियौं,’ भानु भन्छन् । उनकै भनाइमा रिहाइका लागि अरु विद्यार्थी र राजनीतिकर्मीले आन्दोलनै गरेपछि २३ औं दिनमा उनीहरु रिहा भएका थिए । उनी ६५ पटकभन्दा बढी गिरफ्तार भएको र ११ पटकसम्म सार्वजनिक मुद्दा खेपेको सम्झना पनि गर्छन् ।
जनज्योति मावि कालिका झाझरमारेमा कक्षा ८ मा पढ्दादेखि नै नेविसंघको राजनीतिमा संलग्न भएको ढकालले सुनाए । त्यसपछि उनी जनप्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पसमा नेविसंघको राजनीतिमा संलग्न थिए । पृनामा हुँदा उनी नेविसंघ पृना इकाइमा सदस्य, सचिव र उपाध्यक्ष भई ३ कार्यकाल कार्यसमितिमा रहे । नेविसंघ कास्कीको सदस्य र उपसभापतिसमेत भएका भानु नेविसंघ कास्की क्षेत्र नम्बर १ को सचिव र केन्द्रीय सदस्य पनि भएका थिए । कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस कालिका गाविस समिति सभापतिमा सर्वसम्मत निर्वाचित भएका भानु मुलुक संघीय संरचनामा गएपछि मादी गाउँपालिका वडा नम्बर ५ को सभापतिसहित गाउँपालिका समितिको सचिव भएका थिए ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया