एमाले महाधिवेशनको जिम्मेवारी

समाधान संवाददाता २०७८ मंसिर ९ गते १९:३३


शेखर गौतम


अल्लि ठुलो अम्रेला छाता तीन बाइ सतको ठेलामा चिया फिट्दै मट्का चिया खाने हो भन्दै ग्राहक आकर्षित गर्ने साहुनी र त्यही चौकुनामा गफमा मच्चिदै नेकपा एमालेको महाधिवेशनको गफ चुटाइमा म पनि टुप्लुक्क पुगे र कुर्सी तानी मन्छ तर्फ आफ्नो अनुहार फर्काएर नारायणी नदिलाई देब्रे कुमतिर पारे जसले गर्दा सबैतिर नजर लगाउन सहज होस्, छलफल भनौ या गफ चियाको चुस्किमा पार्टीका चिन्ता स्वभाबिक भए यसै बिचमा एक वृद्ध आमा चौरको मध्यभाग बाट हातमा नाङ्लो र प्लास्टिकको पोका बोकि हिड्दै गर्दा मेरा कम्रेडहरुलाइ आमा प्रति इन्कित गर्दै प्रश्न गरे, यो पार्टीको महाधिवेशनले यी आमाहरुको भबिष्यमा के प्रभाब पार्ला ? उहाँहरुबाट मैले प्राप्त गरेको सहज र निकै गम्भीर बनाउने जवाफ आयो ज्ञण्–द्दण् वटा अरु बदमका पोका बिक्छ र भरेको छक सहज रुपमा टार्नुहुनेछ । यो अर्थपूर्ण प्रश्न प्रतिको निन्दनीय उत्तर प्रति न मेरो कुनै जवाफ रहयो न कुनै आलोचना , मात्र कम्युनिस्ट पार्टीको कार्यकर्ताबाट राम्रै प्रशिक्षित हुने अबसर मिल्यो ।


समाचारहरुमा आए अनुसार पार्टीको सबै कामको जिम्मेवारी टेन्डर आवहान गरेर ठेकदारको हातमा गौरबशाली पार्टीको सहिदका रगतले रंगित झन्डा सुम्पिएको रहेछ र देशभरिका कार्यकर्ताले हामी स्वयंसेवक बन्छौ र त्यो युगिन जिम्मेवारी पूरा गर्छौ भन्दा कार्यकर्तालाई बिश्वास नगरी ठेकेदार प्रति मोह जगाउने माक्र्सवादी नेताहरुलाइ यहि नारायणी नदिको किनारबाट लालसलाम मात्र व्यक्त गर्दा पाठकहरुले पक्कै गाली गर्नुहुने छैन ।


थोरै इतिहास नकोट्याउने हो भने हात्ती छामे जस्तै हुने छ दशौ राष्ट्रिय महाधिवेशन । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना बिबादकै बिच भएको थियो भन्ने स्थापना दिवस मनाउने मितिले नै थाहा हुन्छ । पार्टी खोले पनि पुष्पलालले राष्ट्रिय काङ्ग्रेसको सदस्य बाट राजिनामा दिएसगै २००५ चैत्र २३ गते कम्युनिस्ट घोषणापत्रको नेपाली अनुबाद गरे सगै पार्टीको स्थापना गरियो ।यसलाई गोप्य नै राखिएको थियो ३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो । अचम्म त के भने पार्टी स्थापनाको जानकारी दिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही थिएनन् । सो दिन घोषित केन्द्रिय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए । महासचिव भने पुष्पलाल नै थिए ।यो समितिमा रहेका अयोध्या सिंह भाकपाका प्रतिनिधि थिए । त्यही कारण पनि पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी पुनर्गठन गरेर सार्वजनिक गर्न भाकपाले भूमिका खेलेको अनुमान गर्न सकिन्छ । किनभने पहिलो समिति बनाउनुअघि पनि पुष्पलालको भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीसँग सम्बन्ध थियो ।

उनले भारतीय कम्युनिष्ट पार्टीबाटै मार्क्सवादी शिक्षा पाएका थिए । दोस्रो समितिमा पनि केशरजंग रायमाझी भने छुटेका थिए ।पुष्पलालले आफ्नो पुस्तकमा नेकपा स्थापनापछि गौरिभक्त प्रधानमार्फत तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको उल्लेख गरेका छन् । तर, तुलसीलाल दोस्रो केन्द्रिय समितिमा सदस्य हुँदा गौरिभक्तको नाम उल्लेख छैन । मनमोहन अधिकारीले नरबहादुर कर्माचार्यमार्फत पार्टीसँग सम्पर्क गरेको पुष्पलालले उल्लेख गरेका छन् । तर, कर्माचार्यको नाम पनि दोस्रो केन्द्रिय समितिबाट हटेको छ भने मनमोहन समावेश छन् ।यसरी स्थापनाकालमा नै ‘अदृश्य गतिविधि’का कारण नेकपामा विवादको बीउ रोपिएको थियो । त्यो विवादमध्ये एउटा थियो– पार्टी स्थापना मिति । अहिले पनि केहीले १० वैशाखलाई स्थापना दिवस मान्ने गरेका छन् भने केहीले पार्टी स्थापनको सार्वजनिक जानकारी गराइएको र पहिलो पटक नेकपा घोषणापत्र जारी गरिएको ३० भदौलाई स्थापना दिवस मान्ने गरेका छन् ।


मैले पाठक सामु यो इतिहास जोड्नुको तात्पर्य अल्लि भिन्नैछ । यो जग बाट उठेको नेपालको कम्युनिस्ट आन्दोलन र पछारिदै उठ्दै गरेका नेता र तिनैको नीति र नेतृत्व बिचको टक्राबले टुटफुट र एकताले आज नेकपा एमालेको बिरासत गौरबपुर्ण ढङ्गबाट हामिले उठाएका छौ । कामका दौरानमा पार्टीलाई कुन हिसाबले अगाडि बढाउने भन्ने बारे गहन र गम्भीर छलफलबाट पार्टीको सैद्धान्तिक बहसलाइ गोप्य तवरले गुटरहित घनिभुत छलफल द्वारा एउटै सार निकाली कार्यक्षेत्रमा एकताका साथ कार्यान्वयन हुँदै आएको यो पार्टीले २०७७ पछि नराम्रो क्षती ब्यहोर्न बाध्य भयो । त्यो पनि कुनै सैद्धान्तिक बहस बिनै नेपालको कम्युनिस्ट पार्टीले धेरै क्षति नेतृत्व बाटै ब्यहोरेको छ । नेतामा न कुनै सैद्धान्तिक तर्क छ न कुनै स्पष्ट मार्ग छ, यस्तो दोधार बाट धर्खराउदै लौरोको सहाराले बामे सरेको पार्टीलाई जरक्क बोकेर बिश्वसामु माक्र्सवादी अनुयायीहरु नेपालमा अझै जिवित छौ भन्ने सन्देश नेकपा एमालेले दिएका थियौं । आज त्यो छबिमा नेताहरुको घमण्ड र पुजीवादी चरीत्रले प्रश्न चिन्ह स्वभावतः लागेको छ ।


एउटा कम्युनिस्ट पार्टीको सदस्यको निमति पार्टीको महाधिवेशन ठूलो पर्व नै हो, त्यही रौनक यहाँ देखिएको छ । र यसले आम जनमानसमा थप लोकप्रियता प्राप्त गर्नेछ भन्नेमा आम कार्यकर्ता बिश्वस्त तब हुने छन जब श्रमजीवी नीति युवा नेतृत्व बन्ने छ । यसको निम्ति खारिएको पुस्ताले स्थान खाली गरि नीतिनिर्माताको समन्वय गर्ने र जुन युवा पुस्ताले राजनैतिक चरित्र र कम्युनिस्ट आचरणको परिक्षामा श्रेष्ठता हासिल गर्न सक्नेछ उसैलाई नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको बिकास गरौ । नेकपा एमाले सग कस्तुरीको बिणा छ, त्यो खोज्ने आट गर्ने अबसर र चुनौती दुबै छ । त्यस्तो नीति र नेतृत्वले मात्र नाङ्लो बोकेर बदामको पोका बेच्ने आमाले आफ्नो भबिष्य नारायणीको तिरमा खोज्नु पर्दैन, बुवाले चौतारीमा पसिनासग रगत बेच्नु पर्दैन, युबाले बिदेशबाट बाकसमा फर्कनु पर्दैन , दिदिले बेस्यालयमा आफ्नो गहना बेच्नु पर्ने छैन त्यसैको लागि गौरबशाली पार्टी बनाउन कुसल नीति र नेतृत्व स्थापित गर्न १० औं महाधिवेशन सफल हुनेछ शुभकामना ।

तपाईको प्रतिक्रिया