कास्की कांग्रेस सहसचिवमा युवा नेता थापाको उम्मेदवारी

समाधान संवाददाता २०७८ मंसिर ९ गते २१:१५

पोखरा ।

युवा नेता जयप्रकाश थापाले नेपाली कांग्रेस कास्कीको सहसचिव पदमा उम्मेदवारी दिएका छन् । अहिलेसम्म आन्दोलन र राजनीतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका थापाले यसअघि कहिल्यै पनि पदको आकांक्षा राखेका थिएनन् । ‘त्याग गर्दै आएको थिएँ, यसपालि युवाहरु पनि समितिको पदाधिकारीमा जानुपर्छ भनेर उम्मेदवारी दिएको छु,’ उनले भने ।

थापाले निस्वार्थ राष्ट्र र समाज सेवा गर्नलाई आफ्ना व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ भन्दै आफूले कुनै स्वार्थ नराखी पार्टी, जनता र देशको सेवा गर्ने बताएका छन् । थापा नेविसंघ र तरुण दलमा आवद्ध भई राजनीतिमा सक्रिय व्यक्ति हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया