कांग्रेस जिल्ला अधिवेशन आज

समाधान संवाददाता २०७८ मंसिर १० गते १२:५१

पोखरा ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो ।

कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिनुभयो । रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी थियो ।

कास्कीमा पोखरा नयाँ बजारमा निर्वाचनको क्रममा मतदान जारी छ । यहाँ ३४ पदका लागि ९२ उम्मेदवार छन् ।

Advertisement

यसअघि दुई निर्वाचन क्षेत्र भएको गोरखामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताउनुभयो । आज देशभरका ३० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढ्ने घिमिरेको भनाइ छ ।

कास्की कांग्रेस सभापतिमा ५ उम्मेदवार, सबै पदमा गरी ९२ जना (नामसहित)

Advertisement

तपाईको प्रतिक्रिया