उपल्लो मुस्ताङको सीमावर्ती गाउँ गाउँमा बिजुली

सुन्दरकुमार थकाली २०७८ मंसिर ११ गते ८:५८

जोमसोम—चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङका गाउँ गाउमा राष्ट्रिय बिद्युत प्रशारण लाईनको बिजुली बलेको छ ।उपल्लो मुस्ताङको उत्तरी कोरलानाका स्थित छोसेरको नेचुङ भन्सार कार्यालयसम्म राष्ट्रिय बिद्युत प्रशारण लाईन पुगेपछि स्थानीयको घरघर तथा सरकारी कार्यालय र सुरक्षा निकाय रहेको भवन लगायतमा बिजुली बलेको जोमसोम स्थित निलगिरि उपभोक्ता सहकारी संस्थाले जनाएको छ ।
जोमसोम स्थित बिद्युत बितरण केन्द्रका कार्यालय प्रमुख सनप्रसाद थकालीका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको ४ वटा वडाहरुमा बिद्युत बितरण भईसकेको छ ।तर ,लोमान्थाङको वडा ४ मा भने हिउँदको जाडो छल्न स्थानीय जिल्ला बाहिरि सकेकाले फागुनपछि बिद्युत बितरणकार्य सुरु गरिने कार्यालय प्रमुख थकालीले जानकारी दिए । यस्तै, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको दुर्गमका गाउँहरुमा समेत बिद्युत बितरणकार्य भईरहेको जनाईएको छ । अहिले लोमान्थाङमा बिद्युत बितरणकार्य सकिएर लोघेकरको ध्ये,ताङ्ग्या,यारा,घारा र सुर्खाङ लगायतका गाउहरुमा बिद्युत बितरण कार्य भईरहेको कार्यालय प्रमुख थकालीले उल्लेख गरे ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रशारणको बिद्युत लाईन बिस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा करिव ८ करोड बजेट बिनियोजन गरेको थियो । जसमध्ये लोमान्थाङमा ५ करोड र लोघेकर दामोदरकुण्ड गापामा ३ करोड बजेट बिनियोजन भएको थियो । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको पहलमा राष्ट्रिय प्रशारण लाईनमा बिनियोजित बजेट मार्फत लोमान्थाङमा राष्ट्रिय प्रशारणका लागि ३ सय ९६ पोल र शाखा प्रशारण लाईनका लागि १सय ८० पोलको ब्यवस्था गरिएको थियो ।यस्तै ,लोघेरक दामोदरकुण्ड गापामा मुख्य प्रशारण लाईनका लागि १ सय ९६ पोल र शाखा प्रशारण लाईनका लागि ७० थान पोलको ब्यवस्था गरिएको थियो ।
सोही बजेटले आवश्यक वायर र ट्रान्सफरमर खरिद गरिएको थियो । प्रदेश सरकारी बिद्युत लाईन बिस्तारको लागि चाहिने आवश्यक ईकुमेन्ट व्यवस्थापन म्याग्दीको दानासम्म ढुवानी गरेपनि त्यसपछिको ढुवानी संम्वन्धित स्थानीय तहले गरेका थिए ।
गण्डकी प्रदेशले उपल्लो मुस्ताङका लागि बिद्युतको पहुँच जोड्ने उद्देश्यले बजेट गरेपछि लोमान्थाङमा बिद्युत बितरण कार्यमा ढिलाई भईरहेको थियो । लोघेकर दामोदरकुण्डको घिलिङ,घमी,ढाक्मर ,चराङ र मराङ गाउँहरुमा राष्ट्रिय प्रशारण लाईनको बिजुली बलिसकेको थियो ।
उपल्लो मुस्ताङमा राष्ट्रिय बिद्युतको पहुँचले जोडिएपछि मुस्ताङका सबै स्थानीय तह र वडाहरुमा बिजुलीको पहुँच पुग्नेछ । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले बर्षौ अघिको उपल्लो मुस्ताङमा बिद्युत पहुँच पू¥याउने सपना साकार हुन लागेको बताए ।यसअघि उपल्लो मुस्ताङमा बिद्युत पहुँच नहुँदा दुर्गम गाउँहरु स्थानीयलाई निकै समस्या पर्ने गरेको थियो ।त्यहाँका बासिन्दा बिद्युत नहुँदा सामान्य स्तरको सोलार र टुकीको साहारामा बस्न बाध्य थिए । बिजुली उपलब्ध भएपछि त्यहाँका स्थानीयले बत्ती बाल्न ,घरेलु उपकरण उपयोग गर्न ,मोवाईल चार्ज र ईमेल ईन्टरनेट लगायतको सुविधा प्राप्त गर्न सहज भएको गण्डकी प्रदेश सांसद बिष्टले उल्लेख गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया