लैंगिक हिंसा विरुद्ध अभियानका क्रममा जोमसोममा सरसफाइ

समाधान संवाददाता २०७८ मंसिर ११ गते १७:५६

जोमसोम ।

लैंगिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गतको तेस्रो दिन शनिबार खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयद्वारा आयोजित सरसफाइ कार्यक्रम भएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाइ रह्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कार्यालयका कर्मचारी लगायत सरसफाइमा सहभागी रहेको आइतबारको कार्यक्रमका संयोजक खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयका नवीन जैसीले जनाएका छन् ।

जोमसोम बजार, कालीगण्डकी नदी किनार लगायत ठाउँमा सरसफाइ गरिएको थियो । प्रत्येक महिनाको दोस्रो साता खानेपानी कार्यालयकै अगुवाइमा बृहत् सरसफाइ गरिने पनि जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया