कांग्रेस गण्डकी समिति सभापतिमा शुक्रराज शर्मा उठ्ने
समाधान संवाददाता
२०७८ मंसिर १२ गते १७:०२

नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सभापतिमा शुक्रराज शर्माले उम्मेदवारी दिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनका शुभेच्छुकले यो जानकारी सार्वजनिक गरेका छन् । उम्मेदवारी घोषणा प्रयोजनकै निम्ति शर्माले सोमबार पत्रकार सम्मेलन गर्दैछन् ।
५० वर्षदेखि कांग्रेसमा सक्रिय शर्मा २०७४ सालको निर्वाचनमा कास्की ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेवार थिए । तर उनी नेकपा एमालेका जगत विश्वकर्मासँग पराजित भएका थिए ।
झन्डै २ दसक नेपाली कांग्रेस कास्कीको नेतृत्व गरेका शर्मा राष्ट्रिय सभा सदस्यसमेत भएका नेता हुन् ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया