पौडेलको जिल्लामा देउवा पक्षबाट कांग्रेस सभापतिमा आले निर्वाचित

दमौली । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । हालकै सभापति बैकुण्ठ न्यौपानेले जित्ने दावीका बीच भीमादका जीतप्रकाश आलेले कांग्रेस तनहुँमा केही समययता दह्रो पकड बनाएका न्यौपानेलाई पराजित गर्दै अप्रत्यासित नतिजा निकाले ।
दुवै पक्षले एक अर्काले करिब डेढ सय मतान्तरले चुनाव जित्ने दावी गरिरहँदा आलेले शुरुवातदेखि नै निरन्तर लिड गरेर नसोचेको परिणाम दिएका हुन् । आलेले ढछज्ञ मत ल्याएर जित्दा न्यौपानेले ७८३ मत पाए ।
क्षेत्र १ को मतान्तर, दुवै प्रदेशको चुनाव जितेको पौडेल प्यानलको मतको बल अनि सभापति हुँदाको प्रभावका आधारमा न्यौपानेले थोरै मतान्तरले जित्ने आशंका गरिए पनि केन्द्रमा प्रभाव जमाएका देउवा निकट हस्तीहरु शंकर भण्डारी, गोविन्द भट्टराई र मास्टरमाइण्ड भनेर जिल्लाको राजनीतिमा चिनिने ध्रुव वाग्लेको साथ पाएका आलेले क्षेत्र २ मा आफ्नो प्यानलले जमाएको पकडका आधारमा चुनाव जिते ।
हार्ने अवस्थामा न्यौपाने चुनाव नलड्ने ठानिए पनि चुनावी अंकगणितमा १ सय मतले भए पनि जित्ने आन्तरिक आंकलनका आधारमा चुनाव लडेका थिए । आलेलाई भने क्षेत्र २ को खमा बनेको सर्वसम्मति, स्थानीय नेता राजेन्द्रकृष्ण श्रेष्ठसमेतको साथ अनि मगर बहुल मतका आधारमा चुनाव जित्ने आत्मविश्वासलाई केन्द्रका माथि उल्लेखित हस्तीले दिएको दह्रो साथ नै चुनाव जित्ने कारण बन्न पुग्यो ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया