एमालेको नयाँ नेतृत्व घोषणा दिउँसो २ बजेभित्र
समाधान संवाददाता
२०७८ मंसिर १४ गते ११:४३

चितवन ।
नेकपा एमालेको नयाँ नेतृत्व आज दिउँसो २ बजेसम्ममा घोषणा हुने दसौं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खर सकिएको हो ।
बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । एमाले सचिव योगेश भट्टराईले टाढा घर हुने साथीहरू घर गएकाले कम मत खसेको हुन सक्ने बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया