ओली भारी मतले अध्यक्ष निर्वाचित, पूर्व माओवादीले पनि जिते चुनाव

समाधान संवाददाता २०७८ मंसिर १४ गते १६:१४

चितवन । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

अध्यक्ष पदमा केपी शर्मा अ‍ोली १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपालि रावलमाथि सहज जित हासिल गरेका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

Advertisement

चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् । अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् । यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया