एमालेमा वागी सबै उम्मेदवार पराजित

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनीबाहेक सबैभन्दा बढी मत अष्टलक्ष्मी शाक्यले प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।
उनले १९७६ मत प्राप्त गरेकी छन् भने सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ र घनश्याम भुसालले ७२५ मत मात्र प्राप्त गरेका छन् । घनश्याम भुसालले वागी उम्मेदवारी दिएका थिए । ओलीको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै भीमप्रसाद आचार्य र टंकप्रसाद कार्कीले सचिव पदमा उम्मेदवारी दिएका थिए। उनीहरु पराजित भएका छन्।
गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ सचिव निर्वाचित भएका हुन् । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।
तपाईको प्रतिक्रिया