अब केबलकारमा सेदी–सराङकोट

समाधान संवाददाता २०७८ मंसिर १६ गते १२:३३

पोखरा ।
पोखराको लेकसाइड स्थित सेदीबाट सराङकोट जाने आउने केबलकारको परीक्षण भएको छ । अन्नपूर्ण केबलकार प्रालिले बनाएको यो केबलकारका सबै डब्बा बुधबार सेदीबाट सराङकोट पुगेर फर्केका छन् ।

Advertisement


कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीका अनुसार केबलकार परीक्षणका लागि जापानबाट ७ प्राविधिक पोखरा आएका छन् । बुधबार केबलकारका डिब्बामा प्राविधिकसहित अन्य मानिस पनि सराङकोट पुगेर फर्केका छन् ।

२ हजार ४ सय मिटर लामो यो केबलकारका १८ टावर छन् । यो केबलकारमा१८ वटै डब्बा छन् । तीमध्ये १ डब्बामा सामान राखिन्छ ।
५ वर्षअघि यसको निर्माण थालनी गरिएको भए पनि कोरोना भाइरसका कारण यो प्रभावित भयो । ‘कोरोनाका र प्राविधिक कारणले आयोजनाको लागत दोब्बर भएको छ,’ निर्देशक त्रिपाठीले समाधानसँग भने, ‘तथापि आज आफैं सराङकोटमा पुगेर सेदीमा झर्दा १० वर्षदेखिको सपना पूरा भएकोमा निकै आनन्द लागेको छ ।’

Advertisement

त्रिपाठीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षदेखि सफ्ट ओपनिङ गर्ने तयारी छ । ‘अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकलाई नयाँ प्रडक्ट दिने गरी तयारी गरिरहेका छौं,’ त्रिपाठीले भने ।

Advertisement

तपाईको प्रतिक्रिया