कांग्रेसको गण्डकी प्रदेश अधिवेशन

देउवा पक्ष उमेद्वार घोषणा गर्दै प्रचार प्रसारमा, पौडेल पक्षमा माथापच्ची

समाधान संवाददाता २०७८ मंसिर १६ गते १३:५५

पाेखरा ।

नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनको देशैभर रौनक छ । देश संघीयतामा गएको ६ वर्षपछि पहिलो पटक प्रदेश कमिटी गठन गर्न थालेको कांग्रेसमा नेतृत्वका लागि देशैभर निर्बाचनको तयारी भैरहेको छ ।


आज पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट ६ वटै प्रदेशको अधिवेशन उद्घाटन गर्दैछन् । प्रदेश नेतृत्व हात पार्न नेताहरुबीच हानथाप छ । सबै प्रदेशमा सस्थापन पक्ष र सस्थापन इतर पक्षबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ । गण्डकी प्रदेशको अधिवेशन पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ । आज उद्घाटन हुने अधिवेशनमा भोलि मनोनयन दर्ता गर्ने र पर्सी शनिबार मतदान गर्ने कार्यक्रम छ ।

Advertisement


गण्डकी प्रदेशमा कमजोर मानिएको प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुृर देउवा पक्षले उमेद्वार तय गरिसकेको छ भने बलियो मानिएको पौडेल पक्षमा सभापतिका आकांक्षी नै धेरै भएकाले रस्साकस्सी जारी छ ।
सस्थापन पक्षबाट सभापतिमा पर्वतका अर्जुन जोशी, उपसभापतिमा स्याङजाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका इश्वर पाण्डेले उमेद्वारी दिने सहमति भैसकेको छ ।


त्यस्तै ३ जना सहमहामन्त्रीमा गोरखाका राजन पन्त, तनहुँका झुलबहादुर राना र नवलपुरका ओमकला गौतमले उमेद्वारी दिने भएका छन् ।
सस्थापन इतर पक्षमा भने अध्यक्षकै आकांक्षी धेरै भएकाले कुनै पनि पद अझै टुङ्गो लाग्न सकेको छैन् । उमेद्वार टुङग्याउनका लागि बरिष्ठ नेता रामचन्द्र पौडेल र महासचिव सशांक कोइरालासहितका नेताहरु पोखरामै आएर बसेका छन् । उनीहरु छलफमा ब्यस्त छन् ।
अध्यक्षमा कास्कीकै ३ जना शुक्रराज शर्मा, यज्ञबहादुर थापा र देवराज चालिसे आकांक्षी छन् भने तनहुँका रघुनाथ पौडेल र नवलपुृरका महेन्द्रध्वज जिसी आकांक्षी छन् । महामन्त्रीमा कास्कीकै कृष्ण केसीले आकाक्षा राखेका छन् । अध्यक्षकै नाम नटुङ्गिएका कारण अन्य पदाधिकारीबा बारेमा छलफल नै नभएको बतार्ईएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया