सहिद परिवारलाई निशुल्क स्वास्थ्य उपचार

समाधान संवाददाता २०७८ मंसिर १६ गते १४:५६

पोखरा ।
नेपाली कांग्रेस कास्कीको पहिलो बैठकले ३ वटा निर्णण गरेको छ । बिहीबार बसेको बैठकले द्धन्दकालमा शहिद परिवारका सदस्य एंवम सम्पूर्ण घाइतेहरुको निशुल्क उपचारको लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । दन्दकालमा नेपाली कांग्रेसबाट शहिद भएका परिवारका सदस्य साथै घाइते र अपाङ्ग भएकाहरुलाई निशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गर्न निर्णय गरेको कांग्रेसका कास्की सचिब भानुभक्त ढकालले जानकारी दिए ।


ढकालका अनुसार द्धन्दकालमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेशबाट मिजुरेडाँडाका रतन सिंह गुरुङ, सल्यानका कृष्णबहादुर गुरुङ, पोखरा नाकढंगाका गणेशमान पालिखे, घान्दुुकका ईस्वर गुरुङ, सैंमराङका पशुपति रानाभाट र माछापुच्छे«बाट टेक बहादुर गुरुङ सहिद भएका थिए ।


बैठकले १३ औं अधिवेशनबाट निर्वाचित निर्वतमान अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति साथै सफलतापूर्वक जिल्ला अधिवेशन सफल गरेकोमा निर्वाचन समितलाई धन्यवाद दिने निर्णय गरेकोे ढकाले बताए । नेपाली कांग्रेसको १४ औं अधिवेशन भव्य रुपमा सम्पन्न गर्न जिल्ला समितिका साथीहरुलाई खटाई सफलतापूर्वक सम्पन्न बैठकले महत्वपूर्ण निर्णय गरेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया