कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएकाे छ । कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो। कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न मिल्छ। सात हजार ३६ जनाले ए प्लसु ग्रेड ल्याएका छन् भने ए ग्रेडु ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ।
बी प्लसु ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ। करिब एक लाख विद्यार्थीले बीु ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दश हजार हाराहारी विद्यार्थीले ईु ग्रेड पनि ल्याएका छन्। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए।
नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया