डाक्टर हुँ भनी करोडौं ठग्ने पोखराका राजेन्द्र भण्डारी पक्राउ

पोखरा ।
१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र पोखरा १० घर भएका ४४ वर्षीय राजेन्द्र भण्डारी छन् ।
महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले बुधबार भुजेललाई काठमाडौंको कालिमाटी र भण्डारीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
उनीहरुले सामाजिक सन्जाल फेसबुकको माध्यमबाट विभिन्न व्यक्तिलाई प्रलोभन देखाई आफ्नो खातामा पैसा जम्मा गराउने गरेको प्रहरीले जनाएको छ । फेसबुकमा उनीहरुले डा. बेन्जामिन फ्रान्कलिन नामको आइडी खोली आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।
बेलायत पुगेपछि सबै रकमको दोब्बर फिर्ता दिन्छु भनी प्रलोभन देखाएपछि पीडितले विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ पठाएका थिए । अन्य मानिसबाट समेत थप रकम उनीहरुले संकलन गरेको प्रहरीले जनाएको छ ।
भुजेल र भण्डारीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया