पर्स्याङमा खुल्यो स्केट पार्क

सञ्जय रानाभाट
पोखरा ।
पोखरा ५ पर्स्याङमा स्केट पार्क सञ्चालनमा आएको छ । जगदम्बा मोटर्स प्रालिले पोखरा रिक्रियसन एण्ड स्केट पार्क आइतबारदेखि सञ्चालनमा ल्याएको हो । देशकै ठूलो भनिएको यो स्केट पार्कमा ४ सय जनासम्म एकै चोटि खेल्न सकिने संरक्षक अध्यक्ष केशव अधिकारीले बताए ।
अधिकारी जगदम्बाका मोटर्स प्रालिका अध्यक्ष समते हुन् । ‘युवायुवदीहरुको माग र स्वास्थलाई मध्यनजर गर्दै यो पार्क सञ्चालनमा आएको हो,’ उनले भने, ‘२ करोड ५० लाखमा ६ महिनापछिको निमार्ण सकिएपछि पार्क सञ्चालनमा आयो ।’ गरिब तथा विपन्नलाई निशुल्क मनोरञ्जन गर्नदिइने अधिकारीले बताए ।

स्केट खेलपछिल्लो समय साना बालबालिकादेखि वयस्कसम्मले मन पराउने खेलमध्य एक हो । आफ्नो शरिरलाई कसरी व्यालेन्स राख्ने यो खेलबाट सिक्न सकिने खेल विज्ञहरु बताउँछन् । स्केट पाकमा आएर १ घण्टा खेले २ सय लाग्ने र दिनभरी खेले ५ सय लाग्ने अधिकारीेले बताए । स्केट पाकको सञ्चालक प्रतिक सुवेदी र विनय पौडेलको हुन् । आइतबार भएको कार्याक्रमको अध्यक्ष वृहत पौडेल, प्रमुखअतिथि वासुअधिकारी र विषेश अथिति सक्षम अधिारीले गरेको थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया