विपन्नसँग पोखरा २१ का वडाध्यक्ष

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्य विपन्न परिवारको समस्या सम्बोधन गर्ने उद्देश्यका साथ जनता माझ पुगेका छन् । मंसिर १५ देखि आचार्यले विपन्न परिवारसँग प्रत्यक्ष भेटी शिक्षालाई प्राथमिकताका साथ हेरेका छन् ।
आफ्नो वडाको मट्टिखान, फुस्रेखोला, चुरोटे, शिवालय र डुवार पुगी विपन्न परिवरसँग भेटी समस्या पहिचान गरिसकेको आचार्यले सुनाए । सोमबार र मंगलबार लेवाड र मैदान पुग्ने आचार्यले बताए ।
‘कोभिड महामारीमा वास्तविक पीडकले राहत नपाएर धनीमानीले राहत लगे भन्ने खबरले पनि चर्चा पाएको थियो,’ वडाध्यक्ष आचार्यले भने, ‘सो प्रवृत्ति फेरि नछाओस् भनेर म प्रत्यक्ष विपन्न परिवारलाई भेट्न आएको हुँ ।’
मंगलबारसम्म सम्पूर्णको विपन्न परिवारको पहिचान गरिसक्ने जानकारी आचार्यले दिए । ‘हामी पुन वडाको बैठक बस्छौं र कार्यक्रमबीच विपन्नहरुलाई छात्रवृत्ति, कापीकलम, कपडा वितरण गर्नेछौं । पाँच हजारका दरले विपन्न परिवारलाई प्रदान गर्नेछौं,’ वडाअध्यक्ष आचार्यले भने ।










पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया