कास्की कांग्रेसका सचिव ढकालले मानवसेवा आश्रममा मनाए जन्मदिन

पोखरा ।
नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित आश्रम पुगेर आश्रममा रहेका अग्रज व्यक्तित्वहरुसंग आशिर्वाद लिएर उनले जन्मदिन मनाएका हुन् ।
आश्रममा रहेका ज्येष्ठ नागरिकहरुले नेता ढकाललाई सधैं सकारात्मक सोंचका साथ अघि बढ्न आग्रह गर्दै आफूले चालेका पाइलाहरुले सफलताको शिखर चुम्न सकून् भन्ने आशिर्वाद दिएका थिए । उक्त अवसरमा सचिव ढकालले खाद्यान्न सहयोग पनि गरेका छन् । ढकालले आश्रमका पोखरा शाखा प्रमुख राजन सापकोटालाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा प्रमुख सापकोटाले आश्रममा आएर जन्मदिन मनाएकोमा नेता ढकाललाई धन्यवाद दिए । उनले आश्रममा राजनीतिक दलका नेताहरुको ध्यान पुग्न नसकिरहेको अवस्थामा कांग्रेस नेता ढकाल आउनु आफैमा गौरवको कुरा भएको बताए । सबै राजनीतिक दल र तिनका नेताहरुमा ढकालको जस्तै सकारात्मक सोंच आउने हो समाज परिवर्तन धेरै टाढा नरहेको उनले स्पष्ट पारे ।
नेता ढकालले आफू सहयोग गर्न भन्दा पनि आशिर्वाद लिन आश्रम आएको बताए । उनले आगामी दिन आवश्यक परेको सहयोग गर्न र आश्रममा आश्रित बाबा-आमाका लागि के कस्तो सहयोग चाहिन्छ त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले बाबा-आमाहरुलाई आश्रम र वृद्धाश्रममा पुर्याउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिंदै यसमा राज्यको पनि ध्यान पुग्न आवश्यक रहेको बताए । नेता ढकालकाृ साथमा श्रीमती आरती गौतम ढकाल, दिदी पर्मिला बराल र छोरा विधान ढकाल पनि आश्रम पुगेका थिए ।








पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया