वागमति सभापतिमा देउवा पक्षका बानियाँ विजयी
समाधान संवाददाता
२०७८ मंसिर २० गते ८:२९

हेटाैडा ।
नेपाली कांग्रेसकाे वागमति प्रदेश सभापतिमा देउवा पक्षका इन्द्रबहादुर बानियाँले जित हात पारेका छन् । सिटाैला पक्षधरकाे समेत समर्थन पाएका बानियाँ पहिलाे चरणमा भने ५१ प्रतिशत ल्याउन असफल भएका थिए ।
दोस्रो चरणको निर्वाचनमा पाैडेल पक्षका जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले देउवा पक्षका बानियाँलाई समर्थन गरेका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया