रमेश पाैडेलः पत्रकारितादेखि पाेलिटिक्समा

पाेखरा ।
रमेश पाैडेल, पाेखरामा कसैले याे नाम लियाे भने धेरैले पत्रकार रमेश पाैडेल भनेर चिन्छन् । झण्डै ३ दशकदेखि पाेखरा पत्रकारिता पत्रकारितामा सकृष पाैडेलकाे याे पहिचान बन्नु स्वभाविकै हाे । पाैडेल गण्डकी प्रदेशकाे प्रमुख पत्रिका समाधान दैनिकका सस्थापक सम्पादक समेत हुन् ।
लेख्ने पत्रकार मात्र नभएर पत्रकारका नेताका रुपमा पनि विभिन्न संघ सस्थामा बसेर काम गरेका कारण उनकाे पहिचान देशै भरी छ । पत्रकार महासंघ कास्कीकाे उपाध्यक्ष भैसकेका रमेश नेपाली कांग्रेस निकटस्थ पत्रकारहरुकाे सस्था प्रेस युनियनका बहालवाला केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
यिनै पत्रकार पाैडेल यस पटकदेखि मुलधारकाे राजनीतिमा हाम फालेका छन् । उनी भर्खरै सम्पन्न नेपाली कांग्रेस गण्डकी प्रदेशकाे प्रदेश कमिटी सदस्यमा निर्बाचित भएका छन् ।
पाेखरामा बसेर पत्रकारिता गरेपनि उनले जन्मभूमि पर्वतलाई कार्यथलाे बनाएर राजनीतिमा प्रवेश गरेका छन् । कास्कीमा पत्रकारिता गरेपनि पर्वतमा पार्टी काममा खटिएकै हुन्थे, त्यसैले पर्वतका साथीहरुले जिल्लाकाे प्रतिनिधित्व गर्दै प्रदेश कमिटीमा पठाउनु भयाे–पाैडेलले समाधानसँग भने ।
सरकारी विद्यालयका स्थायी शिक्षक पाैडेलले पत्रकारिता गर्न कै लागि साे जागिर समेत छाेडेका थिए । नेपाली समाजमा सरकारी जागिरलाई महत्व दिइने भएपनि समाजमा चेतना बिस्तार गर्न शिक्षक भन्दा पत्रकारिता ठिक छ भनेरै याे पेशा राेजेकाे उनले बताए ।
तर पछिल्लाे समयमा मुलधारकाे राजनीतिबाटै समाज रुपान्तरणकाे लागि याेगदान गर्न सकिन्छ भन्ने लागेर सक्रिय राजनीतिमा लागेकाे पाैडेल बताउछन् ।
उनी पत्रकारितामा सकृय रहेपनि राजनीतिबाट भने कहिले टाढा थिएनन् । प्रेस युनियनसँग आवद्द भएर काम गर्दै आएका पाैडेल कांग्रेस भित्रकाे गुटमा काेइराला पक्षधर थिए । अहिले पनि साेही समुहकाे निरन्तरता पाैडेल पक्षधर हुन् ।
गण्डकीमा पाैडेल पक्षधर शुक्रराज शर्मा नेतृत्वकाे प्यानलले अधिकांश स्थानमा जित हासिल गरेकाे छ ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया