कास्की कांग्रेस सभापति बराललाई कोभिड संक्रमण

समाधान संवाददाता २०७८ मंसिर २० गते २०:१०

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीका नवनिर्वाचित सभापति किशोरदत्त बराललाई कोरोना भाइरस रोग (कोभिड १९) संक्रमण भएको छ । संक्रमणको जानकारी बरालले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्- केही दिन अगाडिबाट असजिलो महसुस भइरहेको थियो । शंका लागेर आज PCR टेस्ट गरेँ । कोभिड पोजिटिभ देखियो । आज सम्म स्वास्थमा त्यस्तो कुनै गम्भीर समस्या छैन। सुरक्षाका सबै उपायहरुको अबलम्बन गरि आईसोलेसनमा बसेको छु । मेरो यो स्वास्थ समस्याका कारण पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छु । म सग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुलाई स्वास्थ सुरक्षाका मापदण्डहरु अपनाउनुहुन अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया