माइती नेपालमार्फत महिलालाई रोजगार बनाउँदै युनिलिभर

काठमाडौँ ।
युनिलिभर नेपाल लिमिटेड र नेपालको एक गैरनाफामूलक संस्था माइती नेपालबीच साझेदारी सुरु भएको छ । मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य सुरु भएको हो । साझेदारीले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
प्रख्यात ब्रान्डका ब्युटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । युनिलिभरका अनुसार तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनःथापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ ।
‘महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ,’ युनिलिभरको विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रम उद्घाटन माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले गरेका थिए ।
‘हामी यो विश्वास गर्छौ कि हामीले समाजबाट जती पाएका छौँ त्यसभन्दा बढी समाजमा योगदान दिनु सबैको दायित्व हो,’ युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘हामी नेपालको राम्रो भविष्यका लागि महिलाहरूलाई आवश्यक सीपहरू प्रदान गर्दै दीर्घकालीन दिगो यात्रा प्रदान गर्न खोज्छौं जसले अझ निष्पक्ष र सामाजिक रूपमा समावेशी संसारको निर्माणमा योगदान गर्दछ । भविष्यमा पनि यस्तै पहलहरु मार्फत समुदायहरुमा सेवा प्रदान गर्न हामी तत्पर छौँ ।’








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया