पाेखरा १४मा लालपुर्जा बनाइदिन्छु भनी किर्ते गर्ने जेल चलान

सञ्जय रानाभाट २०७८ मंसिर २३ गते १३:५२

समाधान संवाददाता
पोखरा, २२ पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई जेल चलान गरेको छ । पक्राउ पर्नेमा स्याङजा भिरकोट नगरपालिका ८ घर भएका उत्तम विक भनीने खेमबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो । ३३ वर्षीय बस्याल पोखरा ९ मा बस्दै आएका थिए ।


बस्यालले पोखरा १४ मा रहेको सरकारी जग्गामा घरबनाइ बसेका स्थानीयलाई लालपूर्जा मिलाइदिने आश्वास सहित आयोगको अध्यक्षको दस्तखत कर्ते गरी स्थानीयसँग पैसा उठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । तिवारीका अनुसार बस्यालले स्थानीयहरुसँग विभिनन वहानमा ९ लाख ४६ हजार उठाएका थिए । बस्यालले भूमि सम्बन्धी समस्या समाधान गरिदिने भन्दै आयोगको आधिकारिक लेटर प्याडमा, रबर छाप र अध्यक्षको दस्तखत किर्ते गरेर ठगी गरेको तिवारी बताउँछन् ।


बस्याल विरुद्ध असोज २६ मुद्दा दर्ता भएको थियो । यसपछि उनी फरार थिए । फरार बस्यालाई जिल्ला प्रहरी कार्यालय कास्कीले १९ गते पक्राउ जिल्ला अदालत कास्कीमा पठाएको थियो । कास्की जिल्ला अदालतमाले ठगी मुद्दामा २ लाख र लिखित सम्बन्धी मुद्दामा १ लाख ५० हजार माग भएकोमा उनले धरौटी रकम जम्मा गर्न नसकेपछि बुधबार उनलाई कास्की कारागार थुनामा पठाइएको छ ।

Advertisement


बस्याल सहित झिल्के परियार विरुद्ध २१ जनाले पिडित जाहेरी दिएका छन् । प्रहरीले उनीहरु विरुद्ध ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी थप अनुसन्धान गरको तिवारीले जानकारी दिए । निजलाई वैदेशिक रोजगारविभागले समते पक्राउ गरी पक्राउ पुर्जी जारी गरेको डिएसपी तिवारीले जानकारी दिए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया