सिटी वान टेलिभिजनको नियमित प्रसारण सुरु

पोखरा ।
पोखराको नयाँबजारमा रहेको सिटी वान टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ । मंगलबार विशेष समारोह आयोजना गरी नियमित प्रशारण थालिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चार माध्यमले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्ने बताए । उनले नेपालको राजनीतिक यात्रामा सञ्चार क्षेत्रले उल्लेखनीय योगदान गरेको स्मरण गरे ।
रेडियो नेपालबाट सुरु भयो नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने सशक्त माध्यम बनेको उनले बताए । नेता र सक्ताको चाटुकार नबनी पत्रकारिताका मान्यता अनुरुपअघि बढ्न उनले आग्रह गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षप हुने गरी राजनीति गर्न अनुरोध गरे । अधिकारीले आम नागरिकको स्वतन्त्रताका लागि पनि मिडियाले ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले पछिल्लो समय न्यायालयमा देखिएको विवाद लोकतन्त्रका लागि असुहाउँदो भएको टिप्पणी गरे ।
टेलिभिजनका अध्क्षय पवन प्रजापतीले कोरोना कहरका बीचमा पनि टेलिभिजन सञ्चालन गर्नु चुनौतिपूर्ण भएको बताए । उनले सुगमदेखि दूरदराजमा रहेका आवाजविहीनको आवाज बनेर सिटी वान अघि बढ्ने प्रण गरे ।
सिटी वान टेलीभिजनले आफ्ना कार्यक्रम विभिन्न सामाजिक सञ्जाल, मोबाइल एप, वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था मिलाएको प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया