महादेव गुरुङ केन्द्रीय सदस्य उठ्ने

समाधान संवाददाता २०७८ मंसिर २३ गते २०:३३

पोखरा ।

Advertisement

नेपाली कांग्रेसका नेता एवं पूर्वपर्यटन राज्यमन्त्री महादेव गुरूङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल तरूण दलका पूर्व अध्यक्ष समेत रहेका गुरूङले आज उम्मेदवार सार्वजनिक गरेका हुन्। कांग्रेस संस्थापक वि.पी कोईरालाका अनुयायी गुरूङले आफ्नो उम्मेदवार सार्वजनिक गर्दै नेपाली कांग्रेसलाई विपीको विचारमा ल्याउन लड्ने दावी गरे ।

नेपाली कांग्रेसले विपीको विरासत र विचार विर्सेको प्रति संकेत गर्दै नेता गुरूङले भने, “कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको वाटोमा ल्याउन पनि मेरो उम्मेदवारी हो ।” भ्रष्टाचार विरोधीको छवि समेत वनाएका नेता गुरूङले कांग्रेस शु्द्धीकरणको अभियान पनि आफ्नो मुल मुद्दा रहेको बताए । कास्की क्षेत्र नं ३ बाट प्रतिनिधि सभा महाअधिवेशन प्रतिनिधि निर्वाचित नेता गुरूङले इमान्दार, निष्ठावान र दुख पाएका कार्यकर्ता संरक्षण लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल विद्यार्थी संघका महामन्त्री तथा जिल्ला विकास समिति कास्कीका सभापति समेत बनेका नेता गुरूङ युवाहरूबीच लोकप्रिय र विकासप्रेमी नेताको रुपमा समेत परिचित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया