पोखराको विजयपुरमा ट्रक दुर्घटनामा २ जनाको मृत्यु

समाधान संवाददाता २०७८ मंसिर २४ गते १७:११

पोखरा ।
पोखराको विजयपुरमा शुक्रबार बिहान ट्रक दुुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाथर नखुलेको १ जना पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । दुवैको पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको बताए ।

Advertisement


पृथ्वीराजमार्ग स्थित पोखरा महानगरपालिका २६ विजयपुर खोला तर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित हुँदा दुर्घटना परेको तिवारीले सुनाए । उक्त ट्रकले छड बोकेर आउँदै गर्दा नालीमा पल्टिदा दुर्घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको तिवारीले बताए ।

तपाईको प्रतिक्रिया