लेकसाइडलाई ‘बेहुली’ बनाएर सडक महोत्सव

सञ्जय रानाभाट २०७८ मंसिर २५ गते १२:१७

पोखरा ।

पोखराको पर्यटकीय नगरी लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २३ औं सडक महोत्सव हुने भएको छ । दुई दशकदेखि निरन्तर हुँदै आएकाे महोत्सव आगमी पौष १५ गतेदेखि १७ गतेसम्म हुने रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान)का अध्यक्ष लक्षुमण बराले बताए ।

बरालका अनुसार महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्छ । ‘सडक महोत्सवले देशको विभिन्न राजनैतिक अस्थिरता, कोरोना महामारी, २०७२ सालको भुकम्प र भारतको नाकाबन्दी जस्तो समस्याका बावजुद निरन्तर दिँदै आएको छ,’ बराले भने ।

Advertisement


गत वर्ष कोभिड १९ उच्च जोखिमका महामारीमा पनि महोत्सवको आयोजना भएको थियो । यो वर्ष ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटक प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ फेवाताल किनार कोमागाने पार्कमा विभिन्न संस्कृतिक कार्याक्रम सहित महोत्सव हुने बराले जानकारी दिए ।


आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन गर्न जनजातिसँग सम्बन्धित संस्कृतिक कार्यक्रम, मौलिक भेषभुष ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए ।

Advertisement


पोखरालाई ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।


महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म हुने महोत्सवका संयोजक नरेश भट्टाइले बताए । ‘३ दिनसम्म हुने यो महोत्सव सभ्य र सुरक्षित रुपमा सम्पन्न गछैं । हामीहरुले सम्पूर्ण सुरक्षाका मापदण्डक अपनाएर सबैको सहयोगमा महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेका छैं,’ उनले भने, ‘यस पटकको महोत्सवमा पनि अधिल्लो पटक को जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ । विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ ।’


महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद रहने भट्टाइले जनाकारी दिए ।


महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘यस कार्यक्रमको शोभा बढाउन लेकसाइड क्षेत्र क्रिसमस डे बाटै बेहुलीजस्तै सिघारी सजावट हुने छ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, भाँकि प्रदशृन, रात्रिकालिन कन्सर्ट, डुंगा, दौड, वेटर रेस , टग अफ वार जस्ता प्रतियोगितात्मक हुन्छ ।’

त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने उनले जानकारी दिए । ‘महोत्सव अवलोकनमा आउने सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था छ । भाडा बढी लिए अनुगोमन हुन्छ । होटल रेष्टुरेष्टहरुले मेर्नु बाहेकको रेट लिए कारबाहि गछैं,’ उनले भने ।

महोत्सव सम्पन्न गर्न रेवानका उपाध्यक्ष भट्टराई, सचिव भिष्म राज पौडेल, र सह–कोषध्ष्क्ष रोशन जंग कार्की सह–संयोजक रहने गरी उपसमितिहरु गठन भएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया