कांग्रेसकाे १४ औं महाधिवेशन

देउवा र शेखर प्यानलसहित प्रतिस्पर्धामा, सिंह र निधिकाे अधुराे टिम (पदाधिकारीका उमेद्वारकाे नामावलीसहित)

समाधान संवाददाता २०७८ मंसिर २५ गते १८:१४

पाेखरा ।

Advertisement

नेपाली कांग्रेसकाे सभापतिमा मुख्य ४ जना नेताबीच प्रतिस्पर्धा हुने भएकाे छ । ६ जनाले उमेद्वारी दिएपनि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने भएकाे हाे ।

सभापतिमा शेरबहादुर देउवा र शेखर काेइरालाले प्यानल बनाएका छन्। विमलेन्द्र निधि र प्रकाशमान सिंहकाे अधुराे प्यानल बनेकाे छ र

देउवाकाे समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्। पौडेल नेता कृष्णप्रसाद सिटौला समूहबाट आएका हुन्।

देउवाले सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस/आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मालाई उमेद्वार बनाएका छन् ।

Advertisement

यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा स्याङ्जाका धनराज गुरुङ र गुल्मीका चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ।

यस्तै, सहमहामन्त्रीमा खस आर्यबाट कास्कीका देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ। 

अर्का नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा छन्।

नेता विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निधिको टिमको पदाधिकारीको नाम भने खुलेको छैन।

यसैगरी, सभापतिमा नेता कल्याण गुरुङले र युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन्। 

पदाधिकारीका उमेद्वार

सभापतिमा

शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने

उपसभापतिमा

पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइराला

महमन्त्रीमा

प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्की

सहमहामन्त्रीमा

मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले

तपाईको प्रतिक्रिया