स्थानीय तह
मुस्ताङःलोघेकरको त्रिवर्षीय योजना तथा पाश्र्वचित्र पुस्तक बिमोचन


जोमसोम—
भौगोलिक रुपले बिकट मानिएको हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले आगामी तीन वर्षका लागि त्रिवर्षीय रणनितिक योजना तथा गापाको संमग्र पाश्र्वचित्र प्रोफाईल सार्वजनिक गरको छ । गाउँपालिकाद्धारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले शनिबार दुबै पुस्तकको एकैसाथ बिमोचन गरे ।
मुलुकमा संघीयता कार्यान्वयसंगै तीन तहको संरचना निर्माण भएको हो । मुलुकभर ७ सय ५३ स्थानीय तहले २०७४ सालदेखि सिंह दरबारको अधिकार स्थानीय तहमा उपयोग गर्ने अधिकारलाई सुनिश्चित गर्दै कार्यसम्पादन गर्दैआईरहेका छन् ।संघीयतासंगै स्थानीय तहको पहिलो कार्यकाल ५ वर्ष सकिन ६ महिना बाँकी रहदा मुस्ताङको लोघेरक दामोदरकुण्ड गापाले आफ्नो पालिकाको उपलब्धीहरु पुस्तक मार्फत जनसमक्ष सार्वजनिक गरेको हो ।
नेपालको संविधानले प्रत्याभुत गरेको स्थानीय सरकार संञ्चालन ऐन २०७४ को निर्दिष्ट कार्यविधिको जगमा अडिएर लोघेकर दामोदरकुण्ड गापाले संघीयताको ईतिहासमै पहिलो पटक पुस्तक बिमोचन गरी सार्वजनिक गरेको हो ।स्थानीय तहको पहिलो कार्यकाल समाप्तीको पूर्व संन्ध्यामा लोघेकर दामोदरकुण्ड गापाले पहिलो कार्यकालको पञ्चवर्षीय उपलब्धी उजागर गरेको हो । गापाले आफ्नो कार्यकालमा भएका कार्यप्रगती, गापाको समग्र तस्विर,गापाकोआर्थिक,भौतिक,सामाजिक र सांस्कृतिक बिषयबस्तुहरु पुस्तक मार्फत उजागर गरेको हो ।
गापाले संघीयताको पहिलो कार्यकालमा पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,पर्यटन ,कृषि,आर्थिक विकास , सामाजिक विकास र सुशासन कार्यान्वयन लगायतका बिषयमा पुस्तक मार्फत सार्वजनिक गरेको हो ।यस्तै, गापाले पहिलो कार्यकालको समाप्ती नजिकिदै गर्दा दोश्रो कार्यकालमा आउने जनप्रतिनिधिको सहजताका लागि गापाको प्राथमिकतामा रहेका आवधिक बिकास योजना र आर्थिक,सामाजिक र सांस्कृतिक समुत्थान र समृद्धिका विभिन्न एजेन्डासहितको गुरुयोजना खाँका सार्वजनिक गरेको लोघेकर दामोदरकुण्ड गापाले जनाएको छ । योसंगै लोघेकर दामोदरकुण्ड गापा ७ सय ५३ वटै स्थानीय तह मध्ये यसप्रकार कार्यप्रगती र भावी रणनितिक योजना सार्वजनिक गर्नेमा मुलुकमै पहिलो बनेको दावी गरिएको छ । पुस्तक बिमोचनले स्थानीय तहको समृद्धि र विकासमा तीनै तहको लगानी सफल रुपमा कार्यान्वयन गर्न सकेको प्रष्ट्याईएको छ ।
लोघेकर दामोदरकुण्ड गापाले १ सय २८ पृष्ठ लामो गापाको पाश्र्वचित्र प्रोफाईल र २ सय ४० पृष्ठ लामो प्रथम त्रिवर्षीय रणनितिक योजना सार्वजनिक गरेको हो । पुस्तक बिमोचन गर्दै गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुस्ताङको समग्र विकासको योगदानमा लोघेकर दामोदरकुण्ड गापा अब्बल रहेको बताए । उनले आफुले गरेका काम र अब गर्नुपर्ने कामको खाँका पुस्तक मार्फत सार्वजनिक गरी लोघेकर दामोदरकुण्ड गापाले आफुलाई उत्कृष्ट गापाको रुपमा उदाहरण पेश गर्न सफल भएको उल्लेख गरे ।उनले भने,‘ नामले होईन कामले अघि बढ्न सक्नु पर्छ, लोघेकरको सफल नेतृत्व टिमले आफुलाई समग्र विकासको नमूना पेश गरेको छ।यसले गापाको सुशासन र विकासको काममा पारदर्शिता र निश्पक्षता कायम गर्न सकेको बुझिन्छ ।’‘ सांसद थकालीले विकासको नमूना लोघेकर गापाबाट सिको गर्नु पर्ने र पुस्तकलाई ७ सय ५३ वटै स्थानीय तहमा पू¥याउन सुझाए ।

संघीयताको पहिलो कार्यकालमा आफु र आफ्नो टिमको सहयोगले अपेक्षा अनुरुपको प्रगती हासिल गर्न सकेको गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टछले दावी गरे ।उनले स्थानीय तह संञ्चालनको मामदण्डमा रही सरकारको लगानीलाई स्थानीय तहको बिभिन्न विकास योजनामा खर्चिएको उल्लेख गरे ।स्थानीय तहको योजना तर्जुमा,कार्यान्वयन,पूर्वाधार विकास,अनुमगनको अधिकार स्थानीय तहलाई प्रदान गरेको जनाए ।‘हामीले गापाको समग्र अभिलेख र योजना सार्वजनिक ग¥यौं,पुस्तकमा भएको अभिलेखले गापाको समग्र कामहरु पुस्तान्तरण सम्म जिवितै राख्नेछ ।गापाको कार्यप्रगती र लक्ष्य हामीले होईन,किताबले बोल्नेछ । अध्यक्ष बिष्टले भने।’
यस्तै, गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले गापाको पाश्र्वचित्र र त्रिवर्षीय योजना सार्वजनिक गर्दा गर्व महशुस भएको बताईन् । पुस्तकले गापाको पहिचानलाई अझै फराकिलो बनाउने विश्वाश ब्यक्त गरिन् ।उनले जनप्रतिनिधि,कर्मचारी र जनताको संयुक्त योगदानकै कारण पुस्तक बिमोचन जस्तो महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरिन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया