पाेखराकी सञ्चार उद्यमी पालिखेकाे केन्द्रीय सदस्यमा उमेद्वारी

समाधान संवाददाता २०७८ मंसिर २६ गते १३:३५

पाेखरा ।

Advertisement

पाेखराकी सञ्चार उद्यमी सुनयना पालिखेले नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएकी छन् । सुनयना पाेखराकाे स्थापित सञ्चार माध्यम रेडियाे अन्नपूर्णकाे लगानी कर्ता एवं प्रबन्ध निर्देशक हुन् ।

कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेकी पालिखेले पाेखराकाे पुरानाे कांग्रेस परिवारकी सदस्य हुन् । उनी स्वतन्त्रताका सेनानी दया शंकर पालिखेकी बुहारी हुन् ।

जनजाती महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएकी पालिखे देउवा प्यानलमा परेकी छन् । कांग्रेसकाे १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर काेइरालाले पुरै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन् ।

केन्द्रीय सदस्यमा उमेद्वारी दिएकी पालिखेले आफूलाई पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरुकाे सदासयता रहेकाे दावी गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया